आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओली र प्रचण्डको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति

सोमबार, ०७ साउन २०७५, १९ : ४४
सोमबार, ०७ साउन २०७५

काठमाडौं– नेपाली कांग्रेसले प्रधानमन्त्री एवम् नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले सोमबार दिएको अभिव्यक्तिबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग राख्दै अनसनरत डा.गोविन्द केसी र उनको मुद्धामा लासको राजनीति गरेको भन्ने नेताहरुको अभिव्यक्तिप्रति पार्टीको गम्भीर ध्यानकर्षण भएको जनाएका हुन् ।
  
विज्ञप्ति जारी गर्दै उनले भनेका छन्ः ‘हामी स्मरण गराउन चाहन्छौं, लोकतन्त्र भनेको लाख मानिसले जुलुश गर्न पाउने अधिकार मात्र होइन, केवल एकजना व्यक्ति मात्रैले पनि न्यायको लागि आवाज उठाउँछ भने राज्यले त्यसलाई सुनुवाई गर्नु  वास्तविक लोकतन्त्र । त्यसमा पनि डा.गोविन्द केसी केवल एकजना व्यक्ति मात्र नभई यतिबेला आम नेपालीले समर्थन गरिरहेका अभियन्ता हुनुहुन्छ । उहाँको न्यायोचित मागका पक्षमा उभिनुलाई त्यान्द्रो समाएर राजनीति गरेको भन्नु र राजनीतिक आग्रह राखेर डा. केसीलाई हेर्नु प्रधानमन्त्री पदको उचाई अनुरुपको स्वभनिय अभिव्यक्ति विल्कुलै होइन ।’ 

प्रधानमन्त्री ओली र प्रचण्डले सोमबार राजधानीमा आयोजित पुष्पलाल स्मृति दिवसमा डा.केसीको मुद्धाको आडमा कांग्रेसले राजनीति गर्न खोजेको गम्भीर आरोप लगाएका थिए ।

विज्ञप्तिमा डा.केसीले विगतमा गर्नु भएको अनसन र मागलाई सम्वोधन गर्ने क्रममा नेपाली कांग्रेसका तत्कालिन सभापति शुशील कोइरालाको नेतृत्वमा रहेको सरकारले डा. केदारभक्त माथेमाको संयोजकत्वमा उच्च स्तरीय कार्यदल गठन गरेको दाबी गर्दै सोही कार्यदलको प्रतिवेदनमा आधारित रहेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको अघिल्लो सरकारले अध्यादेश जारी गरी डा.केसीले उठाएका मागहरु पुरा गरेको र  ओली सरकारले  सो अध्यादेशलाई उल्ट्याउनतरर्फ उद्धत भएका कारण उब्जिएको समस्याका रुपमा टिप्पणी गरिएको छ । प्रवक्ता शर्माले विज्ञप्तिमा  डा. केसीको मागलाई सम्बोधन गरी उनको जीवनरक्षा गर्न पक्ष र प्रतिपक्ष दुबैलाई गम्भीर हुन आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप