शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाललाई विश्वसामू परिचित गराउँदै

सोमबार, ०७ साउन २०७५, १९ : १४
सोमबार, ०७ साउन २०७५

काठमाडौं । चन्द्रसुर्य अंकित नेपालको राष्ट्रिय झन्डाका साथमा दौरा सुरुवाल ढाका टोपी साथै गुन्यु चोलीमा सजिएर कलाकार टोली स्टेजमा उक्लन्छन् तब दशौं हजार दर्शकको तालिको गडगडाहटबाट सम्मान पाउँदा नेपाली हुनुमा गौरभान्वित महसुस गर्दछन् । 

यो दृश्य हालै पोल्यान्ड र टर्कीमा सम्पन्न अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला २०१८ को हो ।

पोल्यान्डको दुई छुट्टा छुट्टै लेग्निचा र क्रिनिचा शहरमा जुन २७ देखि जुलाई १३ सम्म सम्पन्न  भएको  International Folklore Festival "Świat pod Kyczera साथै टर्कीको चनाकालेमा जुलाई १८ देखि जुलाई २३ सम्म सम्पन्न  भएको  International folk Dance Festival मा एभरेष्ट नेपाल कल्चरल ग्रुपले गौरवमय प्रदर्शन गरी नेपाल फर्केको छ । 

पोल्यान्डमा सम्पन्न अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलामा १२ राष्ट्रको १५ टोली  सहभागिता रहेको थियो भने टर्कीमा सम्पन्न अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलामा १६ राष्ट्रबाट २२ साँस्कृतिक समूहले भाग लिएका थिए । 

उत्तः मेलामा नेपालको तर्फबाट एभरेष्ट नेपाल कल्चरल ग्रुपले भाग लिएको थियो र ग्रुपका प्रमुख रामचन्द्र कोइरालाको संयोजन तथा ग्रुपका निर्देशकहरु शितल आचार्य (सिता) र मिरज कोइरालाको निर्देशानमा  गएको थियो । टोलीले मेला अवधिभर नेपालको परम्परागत लोक संस्कृति झल्काउने प्रस्तुती प्रस्तुत गरेको थियो ।

सो अन्तर्राष्ट्रिय मेलमा ग्रुपले झ्याऊरे, तमाङ, झोडा, सतार, शेब्रु, धिमल सोरठीका साथै दर्जनौं नृत्यहरु प्रदर्शन गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप