सुशीला कार्की र कृष्ण पहाडीमाथि खनिए प्रधानमन्त्री ओली
काठमाडौं– सर्वोच्च अदालतको प्रधानन्यायाधीश भइसकेको व्यक्ति निषेधित क्षेत्र तोड्न पुगेकोमा प्रधानमन्त्री केपी ओलीले आश्चर्य व्यक्त गरेका छन् । नेकपाका संस्थापक नेता पुष्पलालको ४० औं स्मृति दिवसका अवसरमा सोमबार काठमाडौमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले पूर्व प्रधाननयायाधीश सुशीला कार्की केही दिनअघि निषेधित क्षेत्र तोड्न पुगेको प्रसंग कोट्याउँदै भने ‘अचम्म लाग्छ एउटा अनसनको मुद्दा बनायो ।
त्यो पनि गन्नुपर्छ यतिऔँ भनेर । के मुद्दा, के विषय ? थाहा छैन । तर, त्यहि अनसनको पक्षमा किसिम किसिमका मान्छे सडकमा आएको देखियो, अनौठा दृश्यहरु देखिए । कोही गेरुवस्त्रधारी, कोही ठाडो चन्दन लगाएका पनि गए ।’
उनले सर्वोच्च निकायमा बसेकाहरु नै त्यसरी सडकमा आएर निषेधित क्षेत्र किन तोड्न पाइँदैन ? तोड्नुपर्छ भन्न थाल्नुलाई अराजकताको पराकाष्ठा भएको टिपपणी गरे । ‘त्यसवेला उहाँले के भन्नुभएको छ ? मसँग त उहाँले सर्टिफिकेट हेर्न आउनुभएको थिएन’ नामै नलिइ प्रधानमन्त्री ओलीले भने ।
केही दिनअघि डा.केसीको मुद्धाप्रति ऐक्यवद्धता जनाउँदै पूर्वप्रधानन्यायधीश सुशीला कार्की, मावअधिकारवादी नेता कृष्ण पहाडी लगायत प्रदर्शनमा सहभागी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महासङ्घ ललितपुरले स्थापना गर्यो हीरा–सिद्धि पत्रकारिता पुरस्कार
-
क्लब विश्वकप खेल्ने प्रस्ताव रोनाल्डोद्वारा अस्वीकार
-
उपप्रमुख र उपाध्यक्षले जारी गरे २० बुँदे घोषणापत्र
-
कास्कीमा सशस्त्र प्रहरीद्वारा विपद् स्वयंसेवक तालिम सञ्चालन
-
बर्खा लाग्यो अब पार्टीले उपयुक्त समयमा आन्दोलन गर्छ : अध्यक्ष लिङ्देन
-
गण्डकी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल