शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल अमेरिका पत्रकार संघको अध्यक्षमा पन्त

सोमबार, ०७ साउन २०७५, १६ : ३७
सोमबार, ०७ साउन २०७५

काठमाडौँ– नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्षमा सुदीपराज पन्त चुनिएका छन् ।  आइतबार अमेरिकाको पश्चिमी राज्य वासिङ्टनको सियाटलमा सम्पन्न नेजाको छैटौं अधिवेशनले पन्तलाई आउँदो दुई वर्षका लागि निर्विरोध रुपमा अध्यक्ष चयन गरेको हो । अमेरिकामा रहेका नेपाली पत्रकारको साझा संस्था नेजामा विकासराज न्यौपाने (उपाध्यक्ष), किरण मरहट्ठा (महासचिव), सुरज भण्डारी (सचिव) र मच्छेदेवी गुरुङ (कोषाध्यक्ष) निर्विरोध चयन भएका हुन् । 

त्यसैगरी क्षेत्रीय संयोजकमा पूर्वक्षेत्रबाट कल्पना घिमिरे, डिसी भर्जिनिया मेट्रो क्षेत्रबाट लीलादेवी ओझा, मध्यक्षेत्रबाट रामचन्द्र भट्ट र पश्चिमी क्षेत्रबाट गोकुलप्रसाद ढकाललाई चयन गरिएको नवनिर्वाचित महासचिव मरहट्ठाले जानकारी दिए । सदस्यमा निदेश अधिकारी, शेरबहादुर केसी र बाबुराम खरेल रहेका छन् ।

 कार्यसमितिको पहिलो बैठकले रिक्त एक सदस्यमा नेजाका पूर्वसचिव अग्निप्रसाद चौलागाईंलाई मनोनयन गर्ने निर्णय गरेको छ । नेजा र नेपाल पत्रकार महासंघबीच सन् २०१३ मा समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो पत्रअनुसार नेजा र महासंघको समन्वयमा विभिन्न कार्यक्रम हुँदै आएका छन् ।

सोही समझदारीपत्रअनुसार नेजाले स्थापना गरेको रु दुई लाख २२ हजार २२२ राशिको ग्रामीण पत्रकारिता पुरस्कार यस वर्ष ओखलढुंगास्थित ‘कान्तिपुर’ संवाददाता कुम्भराज राईलाई प्रदान गर्ने निर्णय भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप