शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘बङ्गलादेशमा चिकित्साशास्त्र अध्ययन गर्ने छात्राबारे टिप्पणी गर्नेलाई कानूनी कठघरामा उभ्याइयोस्’

सोमबार, ०७ साउन २०७५, १५ : १४
सोमबार, ०७ साउन २०७५

काठमाडौं– नेप्लिज मेडिकल स्टुडेन्ट एसोशिएसन बंगलादेशले कानूनमन्त्री शेरबहादुर र मेडिकल व्यवसायी दुर्गा प्रसाईँले बंगलादेशमा चिकित्साशास्त्र अध्ययन गर्ने छात्रालाई जोडेर अमर्यादित, अशिष्ट र अराजक शैलीमा  टिप्पणी गरेको भन्दै आपत्ति जनाएको छ । 
एशोसिएसनका अध्यक्ष नवीन यादवले एक विज्ञप्ति जारी गर्दै  चिकित्सा अध्ययनजस्तो गम्भीर काममा संलग्न व्यक्तिलाई कुरुप तरिकाले चित्रण गर्ने पात्रहरुलाई कानूनी कठघरामा उभ्याइनु पर्ने माग गरेका छन् ।  
विज्ञप्तिमा गलत टिप्पणी गर्नेहरुमाथि तत्काल मुद्दा चलाउन र बंगलादेशमा हुने अध्ययन अध्यापनबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न पनि माग गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप