चौदण्डीगढी पर्यटकीय गन्तव्य बन्दै
गाईघाट– चौदण्डी नगरपालिकाको पहाडी क्षेत्रमा अवस्थित चौदण्डीगढी पर्यटकीय गन्तव्य बन्दै गएको छ । तीन वर्षयता चौदण्डीगढीलाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने लक्ष्य गरी अभियान थालिएको छ । चौदण्डीगढी पर्यटन विकास समितिका संयोजक रोहित तामाङका अनुसार यहाँ विकास गर्न शहरी विकास मन्त्रालयमार्फत भ्यू टावर निर्माण गरिँदै आएको छ ।
चौदण्डीगढीमा सडक पुगेको छ । विद्युत् र खानेपानीजस्ता पूर्वाधारको समस्या छ । यसका लागि चौदण्डी नगरपालिकाले रु ३० लाख बजेट विनियोजन गरेको छ । विद्युत् व्यवस्थापनको काम तीव्र रुपमा अगाडि बढाएको चौदण्डी नगरपालिकाका प्रमुख खगेन्द्रकुमार राई बताउँछन् ।
खानेपानी व्यवस्थापनका लागि नगरपालिकाको पहलमा प्रदेश नं १ सरकारले रु ९० लाख बजेट विनियोजन गरेको छ । बाँकी नगरपालिकाकै बजेटमा एक वर्षभित्र खानेपानीको व्यवस्था गरिने राई बताउँछन् ।
सेन राजाहरुको दरबारको भग्नावशेष तथा बिसासय कूल देवीको मन्दिरको जीर्णोद्धार गरेर सुरक्षित घेरबार गरी पुरातात्विक महत्वका वस्तुको संरक्षणको काम तीव्र रुपमा भइरहेको छ । चौदण्डीमा चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारदेखि सिधै चौदण्डीगढीसम्म केवलकार जोडेर सुनकोशीको रानीटारसम्म झार्ने लक्ष्य गरी अहिले निजी कम्पनीसँग सहकार्यको प्रयास भइरहेको नगर प्रमुख राईले बताए ।
यस्तै सुनकोशीको रानीटारमा जलयात्राका लागि पूर्वाधार पूर्णरुपमा तयार भइसकेको छ । बेल्टार बजार हुँदै चौदण्डीसम्म घुमेर सुनकोशीको रानीटारसम्म जलयात्रा गर्नका लागि सुनकोशीसम्म नै केवलकारसमेत जोडिन लागेपछि चौदण्डीगढी पर्यटनस्थलका रुपमा विकसित हुन थालेको समाजसेवी विष्णु कोइराला बताउँछन् ।
चौदण्डी घुम्न आउने पर्यटकका लागि गेष्टहाउस तथा होटल व्यवस्थापनको काम नगरपालिका र चौदण्डी पर्यटन विकास समितिको अगुवाइमा भइरहेको छ । चौदण्डीगढी १८२६ देखि उदयसेन, लोहाङ सेन र हेमदत्त सेनजस्ता सेनवंशी राजाले राज्य गरेको ऐतिहासिक थलोका रुपमा चिनिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिकेटर केभिन पिटर्सन भन्छन्– खराब सहरको परिचय बनाउँदैछ लन्डन
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध
-
हाम्रो नेपाली पार्टीका बज्राचार्यको शपथ आजै, मुख्यमन्त्रीसँग तीन सर्त
-
सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप : उपाधि एमेच्योर खेलाडी सदभावको पोल्टामा
-
सबै प्रदेशको सवारी करमा एकरुपता ल्याउन निर्देशन
-
कर्णाली पुलबाट हाम फाल्ने युवक मृत फेला