शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डा.केसीको समर्थनमा आन्दोलन चर्किदै गएपछि बोले सत्तारुढ दलका युवा संगठन,मेडिकल कलेज राष्ट्रियकरण गर्न माग

आइतबार, ०६ साउन २०७५, १६ : २९
आइतबार, ०६ साउन २०७५

काठमाडौं– सत्तारुढ दल नेकपाका युवा तथा विद्यार्थी संगठनले निजी क्षेत्रबाट सञ्चालित सम्पूर्ण मेडिकल कलेजहरुलाई अविलम्ब राष्ट्रियकरण वा गैरनाफामुखी ट्रष्टमा रुपान्तरण गर्न माग गरेका छन् ।

आइतबार सो पार्टी निकट चार युवा तथा विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति जारी गरी सो माग गरेका हुन् ।

सो पार्टी निकट युवा तथा विद्यार्थी संगठन वाइसिएल नेपाल, युथ फोर्स, अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीको नाममा जारी विज्ञप्तिमा सबै प्रदेशमा एक सुविधा सम्पन्न सरकारी शिक्षण अस्पताल सञ्चालनको प्रक्रिया तत्काल थाल्न समेत सरकारसँग माग गरिएको छ । 

ती संगठनले चिकित्सा शिक्षा भित्रको छात्रवृत्तिलाई न्युन आय, गरिव र लक्षित समुदाय आधारित बनाई त्यसलाई पारदर्शिता ढंगले वितरण गर्न समेत माग गरेका छन् ।

ओली–प्रचण्डमाथि देउवाको हमला : ‘पैसा उठाउँदै खाँदै गरेका छन्’ (भिडियो)

विज्ञप्तिमा आधारभूत तहका जनताको जीवनसंग खेलवाड गर्दै स्वास्थ्यजस्तो अत्यन्तै संवेदनशील क्षेत्रमा बन्द, हड्ताल गर्न पुर्ण रुपमा प्रतिवन्ध लगाउन माग गर्दै जनताको करवाट उठेको तलब भत्ता खाई स्वास्थ्यजस्तो संवेदनशील पेशामा रहेर जनतालाई निर्वाध सेवा नदिने अधिकारीलाई तत्काल  कार्वाही गर्न समेत माग गरिएको छ । 

मुलुकमा चिकित्सा शिक्षाको क्षेत्रमा देखिएका समस्या उपर संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयक, डा.गोविन्द केसिको आन्दोलन र त्यसले सृजना गरेको अन्यौलताको सन्दर्भमा नेपाल सरकार  लगायतका सवै सम्वद्ध निकायहरुलाई गम्भीर हुन समेत आग्रह गरिएको छ ।  

विज्ञप्तिमा डा.गोविन्द केसिको आन्दोलनमा भएको राजनीतिक घुसपैठ, अराजकता र दण्डहीनताको तत्काल अन्त्य गर्न माग समेत गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप