शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुन तस्करीका नयाँ–नयाँ तरिका, मलद्वारामा सुन ल्याउने भारतीय समातिए

आइतबार, ०६ साउन २०७५, १६ : २७
आइतबार, ०६ साउन २०७५

कामठाडौं– त्रिभुवन विमानस्थल हुँदै  सुन तस्करीको नयाँ रहस्य पर्दाफास भएको छ । प्रहरीले मलद्वारमा सुन लुकाएर ल्याउने २ जना भारतीय नागरिक पक्राउ गरेपछि नयाँ रहस्य खुलेको हो । 

त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार शनिबार उनीहरुलाई सुनसहित पक्राउ गरिएको हो ।

बैंककबाट थाइ एयरको उडान नम्बर टीजी ३१९ बाट शनिबार दिउँसो १ बजे काठमाडौ त्रिवि विमानस्थलमा उत्रिएका इमरान नामका एन–४६१७८९० राहदानी बाहक र अरिफ अली नामका अर्का जेड–४१७४१०७ नम्बरको राहदानी बाहक भारतीय नागरिक सुनसहित पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट बरामद सुन आइतबारको बजार मुल्य अनुसार एक करोड ३० लाख २३० रुपैयाँ रहेको छ । प्रहरीका अनुसार इमरानले ९९२ ग्राम र अलीले १६७८ ग्राम सुन मलद्धारमा लुकाएर ल्याएका थिए ।

पक्राउ पछि भन्सार कार्यलयले सुनको नापतौल तथा  र प्रमाणित गरेको थियो । सुनसहित पक्राउ उनीहरुलाई आवाश्यक कारवाहीका लागि आइतबार त्रिवि भन्सार कार्यलय पठाएको प्रहरीले जनाएको छ । 

बरामद सुन सिलिण्डर आकारको रहेको महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप