क्यास्ट्रोको युगको समाप्तपछि क्युवाको संविधान यसरी परिवर्तन हुँदैछ
एजेसी–क्युवामा नयाँ संविधान निर्माणको लागि तयार पारिएको संविधानको मस्यौदा ‘साम्यवाद निर्माण गर्ने’ भन्ने लक्ष्य हटाइएको छ ।
साथै उक्त मस्यौदामा नीजि सम्पत्तिलाई स्वीकार गरिने उल्लेख छ ।
अर्को परिवर्तन भनेको यस अघि राज्यले गैरकानुनी मान्ने समलैङ्गिक विवाहको लागि पनि मस्यौदाले ढोका खुल्ला गरेको छ ।
यसलाई क्यास्ट्रोको युग समाप्त भएपछिको उदारवादी परिवर्तनका संकेत मानिएको छ ।
तथापी संविधानमा ‘कम्युनिष्ट पार्टी’लाई एकल पार्टी प्रणालीको निर्देशक शक्ति स्वीकारिएको छ ।
यो हप्ता क्युवाको राष्ट्रियसभाले यो देशमा रहेको सोभियतकालिन संविधानलाई विस्थापित गर्ने संविधानको मस्यौदामा बहस गर्दैछ ।
यसमा देशमा राजनीतिक, समाजिक र आर्थिक परिवर्तन मार्फत क्युवाको मौलिक समाजवादी ढाँचालाई दिगो बनाउने लक्ष्य लिइएको छ ।
एक पटक विधायकहरुले मस्यौदा स्वीकृत गरेपछि यसलाई सर्बसाधरणहरुमा छलफलको लागि लगिनेछ ।
केही परिवर्तन भएर आउन सक्ने अन्तिम दस्तावेज त्यसपछि राष्ट्रिय जनमतसंग्रहमा लगिनेछ ।
वर्तमान मस्यौदामा सन १९७६ को संबिधानमा रहेको “कम्युनिष्ट समाज” निर्माण गर्ने अन्तिम लक्ष्यलाई लिएको छैन । यो दस्तावेज समाजवादमा मात्र केन्द्रित छ ।
“यसको मतलब हामीले हाम्रो विचार त्यागेको भन्ने होइन ,” सरकारी मीडियामा राष्ट्रिय सभाका अध्यक्ष एस्टेबान लाजोले भने ,“हामी समाजवाद, सार्बभौम, स्वतन्त्र, सम्बृद्ध र दिगो देशमा विश्वास गर्छौँ ।”
त्यस्तै हालसम्मको संविधानमा राज्य, सहकारी, किसान, व्यक्तिगत र संयुक्त सम्पत्तीलाई मात्र मान्यता दिएको अवस्थामा हाल मस्यौदामात्र बनेको नयाँ संबिधानले नीजि सम्पतिलाई पनि स्वीकार गरेको छ ।
फिडेल पछि सत्तामा आएका उनका भाई राहुलकै पालामा साना उद्यमीहरुलाई मान्यता दिइएको हो ।
उक्त परिवर्तनको केही वर्ष पछि आएर अब यसले संबैधानिक सुरक्षा पाउने भएको छ ।
सोभियत संघको पतनपछि निरन्तर खस्केको क्युवाको अर्थतन्त्रमा राहुलको सुधार पछि मात्र केही सुधार आउन थालेको हो ।
नयाँ संबिधानले अब सामुहिक नेतृत्वको परिकल्पना गरेको छ ।
मस्यौदामा राष्ट्रपति काउन्सिल अफ स्टेट(राज्य परिषद) र काउन्सिल अफ मिनिस्टर(मन्त्री परिषद) दुबैको प्रमुख हुने व्यवस्था हटाएको छ ।
नयाँ संबिधान अन्तर्गत प्रधानमन्त्री पद स्थापना गराएर राष्ट्रपतिलाई काउन्सिल अफ स्टेटको प्रमुखको अधिकार मात्र प्रदान गरिनेछ ।
मस्यौदाले राष्ट्रपतिको उमेर र कार्यकाल अवधिमा पनि सीमा तोकेको छ । नयाँ परिवर्तन अनुसार राष्ट्रपति हुनका लागि उमेद्वार पहिलो पटक राष्ट्रपति पदका लागि उठ्दा हुँदा ६० नकटेको हुनुपर्छ । साथै पाँच वर्षे रहेको राष्ट्रपति पदनमा एक व्यक्तिm दुई कार्यकाल मात्र राष्ट्रपति हुन पाउने व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान