बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

हिजो बानेश्वरको बबालपछि तरुण दलले आज फेरि सिडिओ कार्यालय घेर्यो (फोटोफिचर)

आइतबार, ०६ साउन २०७५, १६ : १७
आइतबार, ०६ साउन २०७५

काठमाडौं– नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले आज जिल्ला प्रशासन कार्यालय काठमाडौंको घेराउ गरेको छ ।   हिजो बानेश्वरमा भएको प्रदर्शनमा दमन गरेको,  सरकारले सर्वसत्ताबादी रवैया प्रदर्शन गरेकोलगायतका आरोप लगाउँदै  तरुण दलले जिल्ला प्रशासन कार्यालय घेराउ गरेको हो ।  सो क्रममा तरुण दलका कार्यकर्ताले  २३ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीको  माग पूरा हुनुपर्ने पनि माग गरेका थिए । 

धर्नाका क्रममा तरुण दलका कार्यकर्ताले शनिबार वानेश्वरमा भएको प्रदर्शनमा संगठनका अध्यक्ष जितजंग बस्नेतसहितका नेता, कार्यकर्तामाथि प्रहरीले कुटपीट गरेको भन्दै विरोध समेत गरेका थिए । 

वरिष्ठ चिकित्सक गोविन्द केसीको समर्थनमा शनिबार गरिएको प्रर्दशनका क्रममा काठमाडौंको नयाँ बानेश्वरमा संगठनका अध्यक्ष बस्नेतसहितका एक दर्जनबढि नेता, कार्यकर्ता प्रहरीको कुटाईबाट घाइते भएका थिए । 
सरकारले नागरिक अधिकार हनन् हुनेगरी दमन गरेपछि त्यसको विरोधमा जिल्ला प्रशासन कार्यालयमा विरोध प्रर्दशन गरिएको नेपाल तरुण दल, जिल्ला कार्य समिति, काठमाडौंका अध्यक्ष कृष्णजी खड्काले जानकारी दिए । 

प्रर्दशनको क्रममा नेपाल तरुण दलले जिल्ला प्रशासन कार्यालयमार्फत् नागरिकको अधिकारमाथि हनन् गर्ने सरकारको मुखमा ताला लगाउने भन्दै सरकारलाई ताल्चा बुझाएका थिए । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको युवा संगठन तरुण दलले सरकार निरंकुश बनेको भन्दै त्यसको विरोधमा काठमाडौंमा दैनिक प्रर्दशन गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप