शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्वर्गीय सिंहको पशुपति आर्यघाटमा अन्त्येष्टि

आइतबार, ०६ साउन २०७५, १६ : ०६
आइतबार, ०६ साउन २०७५

काठमाडौं– विश्वहिन्दु महासंघका अध्यक्ष भरतकेशर सिंहको निधन भएको छ । ललितपुरस्थित बयोधा अस्पतालमा उपचारको क्रममा आईतबार विहान निधन भएका सिंहको पशुपति आर्यघाटमा अन्त्यष्टि पनि गरिएको छ । 

८२ वर्षीय सिंहको हृदयघातका कारण निधन भएको थियो । सिंह पूर्व शाही पाश्र्ववती रहेका थिए । ज्ञानेन्द्रको शाही शासनपनि राजनीतिक दलहरुलाई चर्को आलोचना गरेपछि सिंह बढि चर्चामा आएका थिए । नेपाली सेनाको पूर्व उपरथी सिंहले लामो समय राजदरबारको सेवामा बिताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप