शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकहरुले घरजग्गा धितोमा ६१ प्रतिशत कर्जा प्रवाह गरे

आइतबार, ०६ साउन २०७५, १६ : ०१
आइतबार, ०६ साउन २०७५

काठमाडौं–बैंक तथा वित्तीय संस्थाको कूल कर्जामध्ये ६१.४ प्रतिशत कर्जा घरजग्गा धितो मार्फत गएको छ । उनीहरुले घरजग्गा धितो राखेर ६१.४ प्रतिशत कर्जा २०७५ जेठ मसान्तसम्म प्रवाह गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

१४.७ प्रतिशत कर्जा भने कृषि तथा गैरकृषि वस्तु धितोमा राखेर प्रवाह गरेका छन् । अघिल्लो वर्ष घर जग्गा धितो राखेर ६१.१ प्रतिशत कर्जा बैंकहरुले प्रवाह गरेका थिए । 

 यस्तै ट्रस्ट रिसिप्ट (आयात) कर्जा पनि ५३ अर्ब ५७ करोड रुपैयाँले बढेर १ खर्ब १८ अर्ब २७ करोड पुगेको छ । यस्तै बैंक तथा वित्तिय संस्थाबाट प्रवाहित हायर पर्चेज कर्जा पनि १२.८ प्रतिशतले बढेको छ । ओभरड्राफ्ट कर्जा १३.३ प्रतिशतले बढेको छ भने रियल स्टेट कर्जा १५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । 

यस्तै जेठ मसान्तसम्म १७ अर्ब ९२ करोड पुर्नकर्जा लगानीमा गएको छ । यता  भुकम्प पिडितले १ अर्ब ७७ करोड रुपैयाँ पुर्नकर्जा उपभोग गरे राष्ट्र बैंकको तथ्यांकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप