शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कानुनमन्त्री तामाङले मागे माफी

आइतबार, ०६ साउन २०७५, १५ : ५७
आइतबार, ०६ साउन २०७५

काठमाडौं– कानुनमन्त्री शेरबहादुर तामाङले केही दिनअघि बोलेको आफ्नो अभिव्यक्तिलाई लिएर आत्मआलोचना गरेका छन् ।

साउन ४ गते प्राक्सिस इन्टरनेशनल एकेडेमी विद्यालयका एसईई परीक्षामा उत्तिर्ण विद्यार्थीहरुलाई सम्बोधन गर्ने क्रममा उनले बंगलादेशमा चिकित्सा शिक्षामा अध्ययनरत नेपाली विद्यार्थीहरुको बारेमा टिप्पणी गरेका थिए ।

उक्त अभिव्यक्तिलाई लिएर मन्त्री तामाङको चर्को आलोचना भएपछि आज एक विज्ञप्ति जारी गरी उनले आत्मआलोचना गरेका हुन् ।

मन्त्री तामाङले बंगलादेशमा अध्ययनरत नेपाली छात्राले पछिल्ला दिन निकै कष्टकर जीवन व्यतित गर्नुपरेको र आत्महत्या समेत गर्नुपरेको भन्दै कडा टिप्पणी गरेका थिए ।

यसकारण विवादमा तानियो कानुनमन्त्री र व्यवसायी प्रसार्इंको अभिव्यक्ति (भिडियो), के बंगलादेशमा साँच्चै समस्या छ ?

उनले त्यो दिन बोलेको विषय बंगलादेशमा नेपाली विद्यार्थीहरुले भोग्नुपरेका समस्यालाई उजागार गर्न र नेपालमा नै चिकित्सा शिक्षाको अध्ययनको सहज पहुँच हुने व्यवस्था भएमा नेपालीहरुले बाहिर गएर त्यस्ता समस्या भोग्ने अवस्था अन्त्य हुन्छ भन्ने आसयका साथ बोलेको प्रतिक्रिया दिएका छन् ।

उनको सो अभिव्यक्तिले बंगलादेशमा अध्ययनरत (छात्रा) महिलामाथिको आत्मसम्मानमाथि चोट पुर्याएको भन्दै टिप्पणी समेत गरिएको छ ।

विज्ञप्तिमा मन्त्री तामाङले आफु महिलाहरुको आत्मसम्मान, हिंसामुक्त समाज र नारी अस्मिताको रक्षामा सदैव प्रतिबद्ध रहने अठोट समेत गरेका छन् ।    


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप