शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बङ्लादेशबाट मन्त्री तामाङ र प्रसाईँलाई जवाफ : यहाँको पढाइ माफियाहरुले गफ दिएजस्तो हैन

आइतबार, ०६ साउन २०७५, १५ : ०५
आइतबार, ०६ साउन २०७५

बङ्लादेशमा MBBS पढ्न आउँने विद्यार्थीबारे नेकपाका नेता तथा कानुन मन्त्री  शेरबहादुर तामाङ र  मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईँले  बाहिर जे अभिव्यक्ति दिएका छन् त्यो बिल्कुलै व्यापारीक स्टन्ट मात्र हो । 
म नेपालबाट MBBS गरेको चिकित्सक हुँ,हाल ढाकाको बाङ्गाबन्धु सेख मुजिबुर रेहमान मेडिकल युनिभर्सिटी (BSMMU)मा रेडिओलोजी विषयमा विशेषज्ञ  गर्दै छु । यहाँ MBBS पढाइँदैन,MD/MS मात्र पढाइन्छ ।यहाँको विशेषज्ञ पढाई विश्वमै राम्रोमा गनिने र विदेशिहरुका लागि पनि  नि:शुल्क भएकाले यो मेरो पहिलो रोजाइ बन्न पुग्यो ।
म मात्र हैन बिगतमा डा.भगवान कोइराला, डा.भोला रिजाल र अनेक कहलिएका नेपाली डाक्टरहरु यहाँबाट MD/MS गरेर जानुभएको छ । 

 MBBS पढ्न आउँने नेपाली विद्यार्थीकाे  विशेषज्ञ त हैन, तर पनि  म त्यही पक्षमा कुरा गर्न चाहन्छु । यहाँको MBBS का बारे जुन नेपालमा अहिले हल्ला फिजाँइदै, त्याे गलत हाे ।  सर्टिफिकेट पाउन नेपाली चेलीले आफ्नो शरीर दिनु पर्ने सम्मकाे जुन कुरा मन्त्रीबाटै अाएको छ, त्याे बिल्कुल गलत हाे । 

मैले जति पनि MBBS पढ्न आउने भाइ बहिनीहरु यहाँ भेटेको छु तिनिहरु अधिकांसबाट नत मैले त्यस्तो कुरा सुनेको छु,नत स्वयं आफूले देखेको, बुझेको नै छु । अझ भन्नू पर्दा बङ्लादेशको MBBS पढाइ नेपालका प्राइभेट कलेजहरु(सिट खाली जाने नेपालका मेडिकल कलेजहरु) भन्दा अब्बल छ,यहाँको जनसंख्या २० करोडको हाराहारीमा छर गरिबी पनि धेरै छ, विभिन्न रोगहरुको एक प्रकारले यो देश "रोगको भन्डार"हो । त्यसैले यहाँको पढाइ नेपालका मेडिकल माफियाहरुले गफ दिए जस्तो छैन ।

व्यापारी दुर्गा प्रसाइकोयो अभिव्यक्ति  केहि नभएर विद्यार्थीलाई बिदेश जान हतोत्साहित गर्ने र  नेपालमै राख्ने,अफ्नो कलेजलाई सम्बन्धन दिलाउने र आफ्नै कलेजमा पढाउने एक किसिमको सिन्डिकेट हो । र कानुनमन्त्रीको "हो मा हो " ले पार्टी कहाँबाट सन्चालित छ भन्ने प्रस्टै बुझाउँछ ।
बङ्लादेश एक मुस्लिम देश हो । जहाँ नारीलाइ उच्चतम आदर गरिन्छ, यहाँसम्म कि प्रधानमन्त्री र बिपक्षी दलकी नेत्री दुबै महिला हुन,एक महिला प्रधानमन्त्रीले यहाँ शासन गरेको झन्डै १० बर्ष भैसक्यो  । यस्तो देशमा आउने आफ्नै चेली,छोरीहरुको अपमानित हुने अभिव्यक्तिस्वयम् नेपाल सरकारका कानुन मन्त्री तामाङ  र व्यापारी प्रसाईंले दिनु र सरकार यस विषयमा मौन बस्नुलाई नेपाली जनताले के बुझ्ने? 

सबै बाङ्लादेशका कलेज राम्रा छन् भनेर मैले भन्न पनि चाहन्न  । नेपालमा बरु नियमित अनुगमन गरिँदैन MBBS पढाउने मेडिकल कलेजको वा गरे पनि देखाउनका लागि मात्र गरिने गरिन्छ । तर यहाँ गत बर्ष ४ प्राइभेट मेडिकल कलेजलाइ सरकारले उसको सम्बन्धनबाट बरखास्त गरिदियो । यो हामी सबै ले सुने कै कुरा हो । त्यही पनि भाइ बहिनीहरुलाइ आउँदा BMDC (बाङ्लादेश मेडिकल & डेन्टल काउन्सिल) ले मान्यता दिएको कलेज हो कि हैन राम्ररी बुझेर मात्र आउन  सल्लाह दिन्छु ।


ढाकाको बाङ्गाबन्धु सेख मुजिबुर रेहमान मेडिकल युनिभर्सिटीका रेडिओलोजी  विशेषज्ञ सन्ताेष अात्रेयकाे पाठक प्रतिक्रिया

याे पनि पढ्नुहाेस्

यसकारण विवादमा तनियो कानुनमन्त्री र व्यवसायी प्रसार्इंको अभिव्यक्ति (भिडियो), के बंगलादेशमा साँच्चै समस्या छ ?
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप