जापानमा बाढीपछि अर्को प्राकृतिक विपत्ति, ३० जनाको ज्यान गयो
एजेन्सी– जापानमा अत्यधिक गर्मीका कारण ३० जनाको ज्यान गएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।
केही दिनयता यहाँको तापक्रम अनासायै बढेपछि व्यक्तिहरुलाई अनावश्क रुपमा घाममा नजान देशभर सूचना जारी गरिएको छ ।
अत्याधिक गर्मीको कारण उत्पन्न रोग र संक्रमणको उपचार गराउन हजारौँ व्यक्ति अस्पताल पुगेका छन् । गत हप्ताको शुरुदेखि बढेको तापक्रम मध्य जापानमा भने ४०।७ डिग्री सेल्सियससम्म पुगेको छ ।
यो तापक्रम पाँचवर्ष यताकै उच्च भएको सरकारी तथ्याङ्क रहेको छ । यसैबीच क्योतो सहरमा लगातार सात दिनसम्म ३८ डिग्री सेल्सियसभन्दा माथि तापक्रम रहेको जनाइएको छ ।
जापानमा तापक्रमको रेकर्ड राख्न थालिए यताकै यो उच्च तापक्रम भएको जापान सरकारको मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
जापानको शिक्षा मन्त्रालयले विद्यालयहरूलाई उच्च गर्मीबाट जोगिनका लागि सक्दो उपाय अपनाउन सूचना जारी गरेको छ ।
मङ्गलबार जापानको क्योतो शहरको आइची जिल्लामा सञ्चालित एक छ वर्षीया बालकको ज्यान गएको थियो । उनको विद्यालयमै ज्यान गएको बताइएको छ ।
त्यसैले कतिपय जिल्लाका प्राथमिक विद्यालयहरुको पठन पाठन पनि बन्द गराइएको छ । अरु एक दुई दिनसम्म यस्तो गर्मीको मौसम रह्यो भने अन्य विद्यालयहरु बन्द गर्ने बारेमा पनि सोच्न सकिने अधिकारी बताउँछन् ।
जापानमा यसै महिनाको शुरुमा भएको ठूलो वर्षाका कारण उत्पन्न बाढी र पहिरोले २०० भन्दा धेरैको ज्यान गएको थियो ।
उक्त बाढी र वर्षा पनि यहाँ गएको करिब ४० वर्षपछिकै सबैभन्दा ठूलो भनिएको थियो । बाढीको प्रकोप घटेपछि लगत्तै यो तातो हावा चल्न थालेको छ ।
यसलाई कतिपय मौसमविद्हरुले यसलाई जलवायु परिवर्तनसँग तुलना गरेर पनि हेरेका छन् । यस विषयमा यहाँका अधिकारीहरुले भने केही बताएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबिच आज द्विपक्षीय वार्ता, विभिन्न सम्झौतामा हस्ताक्षर हुने
-
यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना, तराईमा हावाहुरी
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण