मन्त्री तामाङ र प्रसाईँलाई कारवाही गर्न राप्रपाको माग

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने नेपाली महिलाको अस्मितामाथि नै ठेस पुग्ने गरि कानुन मन्त्री शेरबहादुर तामाङले हालै दिएको अभिव्यक्तिलाई निन्दा र भत्र्सना गरेको छ ।
राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले आइतबार एक विज्ञप्ति जारी गर्दै मन्त्री तामाङको अशिष्ट र आपत्तिजनक अभिव्यक्ति प्रति निन्दा एवं भत्सर्ना गर्दै गैरजिम्मेवार अभिव्यक्ति दिने मन्त्रीलाई पदबाट बर्खास्त गर्न प्रधानमन्त्री केपी ओलीसँग माग गरेका छन् ।
मन्त्री तामाङले केही दिनअघि वंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने महिलाहरु यौन शोषणमा पर्ने गरेको बताएका थिए ।
साथै राप्रपाले केही दिन अघि नेपाली चेलीहरु बंगलादेशस्थित कलेजका प्राध्यापकहरुबाट करणीमा पर्ने सम्बन्धी सोही प्रकृतिको आपत्तिजनक अभिव्यक्ति दिने बिर्तामोड स्थित बि एण्ड सि हस्पिटलका सञ्चालक दुर्गा प्रसाइलाई पनि कानुनको दायरामा ल्याई कडा भन्दा कडा कारबाही गर्न सरकारसँग माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई
-
मोदीलाई जी–७ मा सहभागी हुने दिइएको निम्तो बारे क्यानडामा उठ्यो प्रश्न
-
युइएफए नेसन्स लिगः स्पेन र पोर्चुगल भिड्दै, यस्तो छ हेड टु हेड अवस्था
-
पदयात्रा पर्यटनसँग जोडिँदै सिङ्दी घरवास
-
घरेलु श्रमिक अधिकारबाट वञ्चित
-
विश्व वरियतामा शीर्ष साबालेन्कालाई पराजित गर्दै कोको गौफले जितिन फ्रेन्च ओपन