शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गुमनाम पारस भेटिए क्लबमा

आइतबार, ०१ साउन २०७४, १५ : ०३
आइतबार, ०१ साउन २०७४

काठमाडौँ – पूर्व युवराज पारस साह पछिल्लो समय गुमनाम छन् । धेरै समयअघि एक हिन्दुवादी संस्थाको कार्यक्रममा सार्वजनिक रुपमा देखिएका पारस त्यसयता सक्रिय रहेका छैनन् ।

गत बुधबार भने उनी राजधानीको एउटा क्लबमा परिवारसाथ देखिएका छन् । भारतीय मुलका बेलायतका चर्चित गायक जय सीनको कार्यक्रममा उनी छोरी र छोराका साथ क्लब डेजाभुमा देखिएका हुन् ।

पूर्व युवराजसँग तस्विर खिचाउन त्यहाँका युवायुवतीको ठूलै क्रेज देखिन्थ्यो ।

तस्विर : क्लब डेजाभु


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप