भारतीय कलाकारलाई प्रधानमन्त्रीद्वारा धन्यवाद
काठमाडौं-प्रधानमन्त्री केपी.शर्मा ओलीले नेपालमा फिल्म सिटी स्थापना गर्न तत्पर भारतीय कलाकार र लगानीकर्तालाई धन्यवाद दिएका छन् ।
हिजो साँझ आफूलाई भेट्न आएका एस्सेल ग्रुपका प्रमूख तथा जी इन्टरटेनमेन्ट इन्टरप्राइज लि.का अध्यक्ष सुवास चन्द्रा, भारतीय राजनीतिकव् यक्तित्व अमर सिंह तथा वरिष्ठ सिने कलाकार जया प्रदालाई प्रधानमन्त्रीले धन्यवाद ज्ञापन दिएका हुन् ।
भेटअघि भारतीय समुह फिल्म सिटी निर्माणको लागि गोरखाको पालुङटार र धादिङको सल्यानटारको स्थलगतअध्ययन गरी फर्किएको थियो ।
अध्ययनपछि जी इन्टरटेनमेन्ट इन्टरप्राइज लि.का अध्यक्ष सुवास चन्द्राले पालुङटारको नदीदेखि पहाडसम्मको सुन्दर परिवेशको आफुलाई आकर्षित गरेको बताए ।
उनले ती ठाउँका प्रशंसा गर्दै नेपालमा फिल्म सिटीको स्थापना गर्नका लागि प्रारम्भिक कार्य सुरु भइसकेको बताए ।
चन्द्राले आउँदो नोभेम्वर–डिसेम्वरमा जीसिने अवार्ड समारोहको आयोजना काठमाडौँमै गर्ने र हरेक वर्ष नेपाली फिल्मका लागि समेत एक अवार्डको व्यवस्था गरिने घोषणासमेत गरे ।
भेटघाटका अवसरमा प्रधानमन्त्रीले जीसिने अर्वाड समारोहकै अघिपछिको मिति पारेर काठमाडौमा हिमालयन कनक्लेभको समेत आयोजना गरिने घोषणा गरे ।
नेपाली कलाकारहरु समेतको उपस्थितिमा भएको भेटघाटका अवसरमा प्रधानमन्त्रीले जया प्रदाले नेपाल भारत सम्बन्धका लागि साँस्कृतिक राजदूतको भूमिका निर्वाह गर्दै आएको बताए ।
त्यस अवसरमा वरिष्ठ भारतीय राजनीतिकर्मी तथा राज्य सभा सदस्यअमर सिंहले प्रधानमन्त्री ओलीको समृध्द नेपाल, सुखी नेपालीको ध्येयलाई मूर्त तुल्याउन सकिएको खण्डमा मात्र भारत पनि सुखी र खुसीहुन सक्ने धारणा बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडामा नक्कली लाइसेन्सको भरमा १७ वर्ष विमान उडाउने पूर्वपाइलट पक्राउ
-
अमेरिकी आक्रमणको बदला लिन इरानद्वारा २१ वटाभन्दा बढी सैन्य लक्ष्यमा निशाना
-
राष्ट्रव्यापी प्रदर्शन रोक्न सेना परिचालन गर्दै बोलिभिया
-
दाङमा ट्याक्टर र कार ठोक्किँदा ५ जना घाइते
-
कांग्रेस नीति प्रतिष्ठानको बैठक समय परिवर्तन
-
भन्सार दर र ‘गायब १६ पाना’को विवादमा अर्थमन्त्री वाग्लेको स्पष्टीकरण: ‘चियाको कपमा तुफान ल्याउन खोजियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण