शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बढुवा सिफारिस विषयमा बोले गृहमन्त्री-नियतवश कसैलाई अन्याय गरेको छैन

आइतबार, ०१ साउन २०७४, १४ : ४७
आइतबार, ०१ साउन २०७४


काठमाडौं– गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले नेपाल प्रहरीका एआईजी, डीआईजी र एसएसपी पदमा भएको बढुवा सिफारिस संगठनको हितमा भएको बताएका छन । आईतबार ५९औं प्रहरी संचार दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई संवोधन गर्दै मन्त्री शर्माले भने, ‘बढुवा गर्दा कत्तिपय ब्यक्ति विशेष मर्कामा परेका छन्, त्योकुरा मलाई थाहा छ ।’


प्रहरीलाई संस्थागत रुपमा बढुवाले न्याय गरेको उल्लेख गर्दै उनले भने, ‘ ब्यक्तिलाई अन्याय परेको होला, नियतबश अन्याय गरेको छैन, समस्या र परिस्थितिले सवै ब्यक्ति सीमित कोटामा पर्न सकेनन् ।’


‘रोकिएको बढुवा खुल्दा संस्थाको हितमा भएको छ’ उनले भने, ‘कसैलाई मर्का परेको होला फेरी पनी संवोधन गरौंला ।’
धेरै जवान र अधिकृतबाट गराईरहेको काम एउटा प्रविधिले गर्न सक्ने अवस्था आएको उल्लेख गर्दै उनले संगठनको स्वरुप बदल्नुपर्ने आवश्यकता रहेको बताए ।
 ‘आज हामीलाई प्रविधियुक्त स्मार्ट पुलिसिङ आवश्यकता छ’ उनले भने, ‘अहिले प्रविधी प्रयोगको सामान्य अवस्थामा तत्कालै हामीलाई प्रविधीयुक्त प्रहरी बनाउनु पर्नेछ ।’


प्रविधियुक्त प्रहरीले मात्र प्रहरीको ड्युटी पुरा गर्न सक्ने उल्लेख गर्दै मन्त्री शर्माले जनताको पहिलो सहारा प्रहरी भएको बताए ।
‘प्रहरीसम्म जनताको पहुँचलाई पु¥याउने सवालमा हाम्रा समस्याहरु छन्, अझैपनि कत्तिपय स्थानमा हाम्रो समाजमा पुलिस भनेपछि भाग्नुपर्ने अवस्था पनि छ’ उनले भने, ‘जनताको प्रत्यक्ष पहुँचमा हामी पुग्नका लागी प्रविधी मुख्य कुरा हो, हाम्रो ब्यवसायिकता र पादरर्शीतालाई प्रविधीले नै सुदृढ बनाउँछ ।’  
 
प्रहरीका संगठनका लागी आवश्यक केही थप ऐन कानुनको आवश्यकता रहेको उल्लेख गर्दै उनले राष्ट्रिय सुरक्षाको सन्दर्भमा नयाँ ढंगले परिभाषित र परिमार्जन गर्नुपर्ने आवश्यकता औंल्याए ।  ‘समयको गतिशिलतासँगै नियमकानुन, हाम्रो माईन्ड सेट र काम गर्ने तरिकामा पनि परिवर्तन आवश्यक छ’ उनले भने । 

अबको प्रहरी ‘टोपाराम’ ले पुग्दैन


गृहमन्त्री शर्माले आफुले बाल्यकालमा सवैभन्दा पहिला टोपाराम ठान्दार नामको प्रहरी देखेको स्मरण गर्दै अवको समयमा टोपाराम ठान्दारले मात्र नपुग्ने बताए । ‘मैले सवैभन्दा पहिले देखेको प्रहरी टोपाराम ठान्दार स्मार्ट थिए,  त्यतिवेला तिनी ठिक थिए । तर, आज टोपाराम ठान्दारले पुग्छ त ?’ उनले भने हिजो टोपाराम देख्दा मान्छे भाग्थे तर अहिलेको प्रहरीले जनतालाई नजिक ल्याउनु पर्ने छ ।’


साईबर क्रामईम कसरी नियन्त्रण गर्ने भन्नेबारे श्रीलंकामा भर्खरै सम्पन्न गृहमन्त्रीस्तरीय बैठकमा छलफल भएको जानकारी दिँदै उनले भने, ‘साईबर क्राईम नियन्त्रण गर्नेबारे हामीले निर्णय गरेका छौं, एक देशले अर्को देशलाई कसरी सहयोग गर्ने भन्नेबारे पनि छलफल भएको छ ।’
नेपाल प्रहरीको कम्युटर शाखा र सञ्चार शाखालाई समन्वयन गर्न सकिने उल्लेख गर्दै त्यसका लागि योजना बनाएर ल्याउन उनले  निर्देशन दिए । 


प्रोपोगान्डा बन्द गर्नुस !


‘प्रहरीमा कम्युटर र सञ्चारबाहेक अर्को एउटा शाखा छ, हरेका उपल्लास्तरका प्रहरीले सञ्चालन गर्ने प्रोपोगान्डा शाखा’ उनले भने, ‘त्यो शाखा बाहिर छ, हरेकका आफ्ना अफिस र कर्मचारी छन्, त्यो शाखा बन्द गर्नुस चलाउन पाईदैन ।’
जनतालाई आवश्यक सुचना प्रहरी प्रधान कार्यालयबाट तत्काल दिन निर्देशन दिँदै उनले भने, ‘स्ुचना दिने भनेको जनतालाई हो, पत्रकार माध्यम मात्र हुन् तर हामीले सुचना दिने भनेपछि पत्रकार मात्र बुझेका छौं ।’


‘संघीयतामा कसरी जाने भन्नेकुरा छलपलको विषय छ, संघीयता अधिकारको हस्तान्तरण हो सम्बन्ध विच्छेद हैन’ उनले भने, ‘अधिकारको हस्तन्तरण गर्दै राष्ट्रको हितमा काम गर्नु संघियता हो, यसले समस्या ल्याउँदैन ।’
प्रहरी संगठनका हरेको दिमाग सरुवा र बढुवामा मात्र गएको उनले बताए । ‘हरेकको दिमाग सरुवा र बढुवामा मात्र गएकाले समस्या पैदा भएको रहेछ’ उनले भने, ‘प्रहरी एकेडेमीले तालिम गराउने बाहेक अनुसन्धानको काम पनी गर्नुपर्छ,  अनुसन्धानको कार्यशाला सञ्चालन गर्नुपर्छ, तालिम मात्र गरेर हुँदैन ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप