बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बानेश्वर झडपबारे प्रहरीले मुख खोल्यो, प्रर्दशनमा प्रहरी दमन भएको छैन्

शनिबार, ०५ साउन २०७५, १९ : २४
शनिबार, ०५ साउन २०७५

काठमाडौं । नेपाल प्रहरीले शान्तिपूर्ण रुपमा गरिने कार्यक्रमलाई सुरक्षा प्रदान गरिने भन्दै कानुनको उलंघन हुने क्रियाकलापमा संलग्न नहुन आग्रह गरेको छ । 

शनिबार बानेश्वरमा तरुण दलले गरेको प्रर्दशनमा प्रहरी हस्तक्षेप भएका समाचार सार्वजनिक भएपछि प्रहरीले कानुनको पालना तर्फ सर्वसाधरणाई सचेत गराएको हो । 

काठमाडौं प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले संयमित भएर आफ्ना गतिविधि सञ्चालन गर्न गराउन सबैसँग आग्रह गरे । प्रहरी संगठन सधैं जनताको जीउ धनको सुरक्षामा दत्तचित्त रहने भन्दै उनले नागरिक सुरक्षाको प्रतिबद्धता जनाए । 

शनिबार तरुण दलले राजधानीमा गरेको प्रर्दशनमा प्रहरी दमन नभएको पनि उनले स्पष्ट पारे । बानेश्वरको निषेधित क्षेत्र नतोड्न प्रहरीले गरेको अनुरोधलाई प्रर्दशनकारीले अटेर गरेपछि भिडलाई तितरबितर पार्न २३ राउण्ड अश्रुग्यास प्रहार गरिएको उनले बताए । 

प्रर्दशनकारीले प्रहरीको हतियार खोस्ने प्रयास गरेपछि बचाउका लागि अश्रुग्यास प्रहार गर्न बाध्य भएको उनले स्पष्ट पारे । 

शनिबार राजधानीमा तरुण दलले गरेको प्रर्दशनमा प्रहरीसँग झडप हुँदा प्रहरी तर्फका ११ जना र प्रर्दशनकारी तर्फ तरुण दलका अध्यक्ष जीतजंग बस्नेतसहित तीन दर्जन बढी घाईते भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप