शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सुशीला कार्कीको आक्रामक सम्बोधन : डा. केसीको माग पूरा नभए देशमा आगो बल्छ  (पूर्णपाठ)

शनिबार, ०५ साउन २०७५, १५ : ४१
शनिबार, ०५ साउन २०७५

काठमाडौं– पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले प्राध्यापक डाक्टर गोविन्द केसीको माग पूरा नगरे देशमा आगो बल्ने चेतावनी दिएकी छिन् । 

काठमाडौंको नयाँ बानेश्वरमा शनिबार केसीका समर्थकहरुले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो चेतावनी दिएकी हुन् ।  सरकारविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएकीउनले सरकारले जनताले भनेको मान्नुपर्ने बताउदै माफियाको पछि लाग्न नहुने बताइन् ।  

कार्यक्रममा कार्कीको सम्बोधन उनकै शब्दमा 
डा गोविन्द केसीलाई कोरामिन दिएर भएपनि बचाउनुपर्छ, त्यो सरकारको धर्म हो । अहिले जुन सरकार आयो, यो सरकारको र प्रतिपक्षको पनि अस्ति भएको चुनावमा जनतालाई स्वास्थ्य र शिक्षा सर्वसुलभ गराउने भन्ने घोषणापत्र थियो । त्यस्तो बचन राखेर उनीहरुले चुनाव जितेका थिए । 

डाक्टर केसीले आज जे मागेका छन् तेह्र–चौध पटकको यो जुन अनसन छ, उनले जे मागेका छन् त्यो आफ्नो नीजि निम्ति मागेका हैनन् । हो, कसको निम्ति, जनताको निम्ति । तपाई हाम्रो निम्ति मागेको हो । 

देशमा एउटा आदर्श सरकारले देशमा शिक्षा र स्वास्थ्य भएसम्म गरीबहरुलाई सुलभ गराउनुपर्छ । जो असक्त हुन्छ, त्यसलाई गराउनुपर्छ । यदी गरीबको जीवनस्तर सुधार्ने हो भने गरीबका छोराछोरीलाई डाक्टर पढाउनुप¥यो, धनीकालाई हैन । 

डाक्टर केसीले त्यही माग्नुभएको हो, गरीबलाई शिक्षा देऊ । स्वास्थ्यमा सुलभ गराउ भनेर मागेको हो, उनको माग सबैको माग हो । अहिलेको सरकारले यसलाई बुझपचाएर नबुझेको जस्तो गरेपनि आम जनताले बुझेका छन् । जनता त्यो पक्षमा छ । त्यसैले म सरकारसँग के अनुरोध गर्दछु भने डाक्टर केसी र डाक्टर केसीका समर्थक कुनै दलका कार्यकर्ता होइनन् । 

अंग्रेजीमा एउटा शब्द छ– क्यामाफ्लोज भन्ने । आफ्नो शासनको शैलीमा कहिले डाक्टर केसीलाई कांग्रेस भनेको छ, कहिले अरुलाई कांग्रेस भनेको छ, त्यो बेकार हो । 

सरकारमा बस्ने प्रत्येकले बुझेका छन् डाक्टर केसीले जनताको आवाज बोलेको छ किनभने डाक्टर केसीले जनताको लागि गरेको काम सबैले बुझेको छ ।  डाक्टर केसीले मरेर जाँदा यो नेपालबाट केही लादैनन् । उनी त अमरत्व प्राप्त गरेका ब्यक्ति हुन् अघि पनि भन्नुभयो संग्रौलाजीले (उनीअघि लेखक खगेँख्र सङ्गौलाले सम्बोधन गरेका थिए) ।

 त्यसैले यो बेकार छ, म कहाँसम्म माग गर्छु भने उहाँका माग पूरा हुनुपर्छ । पूरा गर्नैपर्छ । ७ पढेको, ८ पढेको, १० पढेको व्यक्तिलाई धनी बनाएर हुन्न । हुन  त म आफ्नै मन्त्रीलाई गाली गर्दिन । माफिया पनि भन्दिनँ, डन पनि भन्दिनँ । अमेरिकामा बिल गेट्सले जति कमाउछन् जनतामा लगेर बाँड्छन् । 

अस्ति एउटा खेलाडीले विश्वकप जित्दाखेरी आम जनतालाई बाँडे । नेपालमा ती कमाउनेहरुले नेपाल बनाइदिएको देखाइदिनुप¥यो मलाई यो सरकारले । त्यस्ता व्यक्तिलाई किन पोस्ने ? म अहिलेको सरकारमा बसेका पढेलेखेका प्रबुद्ध ब्यक्तिलाई समाजवाद के हो ? लोकतन्त्र के हो ? प्रजातन्त्र के हो ? म सिकाउन आएको हैन ती ज्ञानी छन् यो कुराको । बुझ्नुपर्छ, समाजवाद भनेको के हो भनेर, त्यो लागू कसरी हुन्छ भनेर ।

 किनभने आम जनता गरीबलाई उठायो भने समाजवाद हुन्छ । चारवटा ठेकेदारलाई मोटो बनाएर देश बन्छ ? त्यो व्यक्ति (दुर्गा प्रसाईँ)लाई अस्ति मैले यूट्युवमा हेरेँ, केपी ओली मेरो हजुरवाउ भन्छ, कहिले काका भन्छ । घोर बेइज्जती गरिँरैछ ओलीजीको तैपनि उहाँहरु मौन हुनुहुन्छ । 

मैले मार्सी भात ख्वाकै हो भन्छ, थालमा ख्वाकै हो भन्छ । यो त लाजमान्नुपर्ने कुरा हो, त्यसैकारण म धेरै लामो बोल्दिन, मेरो भनाई यति नै हो यो आम जनता सडकमा त्यतिकै आएको हैन । 
हामी त्यसरी आएको हैनौँ । यो सरकारका बिरोधी हैनौँ,  उनले भोट पाका छन् जनताबाट हामी मान्दछौँ, सरकार खसोस् भन्ने पनि हाम्रो हैन । तर सरकारले जनताले भनेको मान्नुपर्छ । 

मानेन भने अनपपुलर हुन्छ । मेरो फेरि पनि आग्रह छ, अन्यथा नलिइओस्, यसलाई पोलिटिकल भनेर क्यास गर्ने प्रयास नगरियोस्, फरक पर्छ यो सामाजिक आन्दोलन हो । यसमा डाक्टर केसीले के मागेका छन् त्यो पूरा गर्नुपर्छ । यदी पूरा भएन भने देशमा आगो बल्छ । यति भन्दै म बिदा हुन्छु । 

वानेश्वरमा यसरी हुन पुग्यो झडप, १३ तस्बिरमा हेर्नुहोस्

वानेश्वर झडपमा तरुण दलका अध्यक्ष घाइते

शान्तिपूर्ण आन्दोलनमा तनाव : वानेश्वरमा प्रदर्शनकारीले ३ मन्त्रीका गाडी फुटाए

नयाँ वानेश्वर क्षेत्र तनावग्रस्त, तरुण दलको प्रदर्शनमा झडप प्रहरी इन्सपेक्टर घाइते

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप