डा.केसीको पक्षमा बाबुराम र सुशीला पनि सडकमा, माइतीघरमा प्रदर्शन

काठमाडौं–डाक्टर गोविन्द केसीको जीवनरक्षाको माग गर्दै राजधानीको माईतीघर मण्डलामा प्रर्दशन गरिएको छ ।
चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दे अनसनरत डाक्टर केसीको स्वास्थ्य अवस्था विग्रदै गएको भन्दै विभिन्न अधिकारवादी संघ संस्था लगायतले शनिबार मण्डलामा वृहत प्रर्दशन गरेका हुन् ।
प्रर्दशनमा विवेकशिल साझा पार्टीका रविन्द्र मिश्र, पुर्व प्रधानन्यायाधीश शुशीला कार्की, अधिकारकर्मी कृष्ण पहाडी, नयाँ शक्ति पार्टीका संयाेजक बाबुराम भट्टराइऽ नेत्री हिसिला यमी, करिष्मा मानन्धर लगायत अधिकारकर्मी, कानुनव्यवसायी, नागरिक समाजका अगुवा तथा डाक्टर केसीका समर्थकहरु सहभागी भएका थिए ।
प्रर्दनशकारीले माथेमा प्रतिवेदन कार्यान्वय गर, डाक्टर केसीको माग पुरा गर भन्ने प्ले कार्ड लिएका थिए ।
डाक्टर केसीको मागमा ऐक्यद्धता जनाउदै प्रर्दशनमा सहभागी भएका समर्थकले ‘‘हाम्रो स्वास्थ्य हाम्रो, हात डाक्टर केसीलाई समर्थन, गुणस्तरीय शिक्षाको पहुँच कायम गर ” लगायतका नारा लगाएका थिए ।
यस्तै माइतीघरमा कांग्रेसको भातृ संगठन तरुण दलले पनि प्रदर्शन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा