बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गर्मीमा शरीरलाई खतरैखतरा, यसरी बच्न सकिन्छ

शनिबार, ०५ साउन २०७५, १४ : ००
शनिबार, ०५ साउन २०७५

गर्मी मौसममा छाला, रगतका धमनी र पसिनाको बहावका कारण शरीर आफैँले गर्मी गराउँछ ।

यस्तो अवस्थामा हृदयरोगदेखि अन्य कैयौँ खतरा हुन सक्छ ।

यस्तो मौसममा खतरनाक लक्षणहरू देखा पर्छन् । ज

सको नियमन नगरेमा ज्यानै जान सक्छ :

 उच्च तापक्रमले मांसपेशी बटारिने र बाउँडिनेजस्ता समस्या हुन्छ । जसमा मुख्यतया खुट्टाका पिँडौला, हात तथा पेटका मांसपेशी प्रभावित भई अति दुख्ने र कडा हुन सक्छ । कतिपय मानिसमा शरीरको तापमान सामान्य हुँदा पनि यस्तो समस्या हुने गर्छ । यद्यपि, उच्च तापक्रममा शरीरले आफ्नो ताप नियन्त्रण गर्न नसक्दा शरीरको भित्री तापक्रम बढ्न गई ४० डिग्रीसम्म पुग्छ । जसले गर्दा अत्यधिक पसिना आउने, वाकवाक लाग्ने, उल्टी आउने, टाउको दुख्ने, मांसपेशी बाउँडिने, बेहोसी र कमजोरीको अनुभवसमेत हुने गर्छ । यदि वेलैमा यसको उपचार नगरेमा लू लाग्न सक्छ ।

 लू लाग्नु प्राणघातक हुने गर्छ । यस्तो अवस्थामा शरीरको तापक्रम ४० सेन्टिग्रेडभन्दा बढी हुन्छ । जसले छाला तात्छ तर शरीरले आफूलाई चिसो बनाउन असमर्थ हुन्छ । जसले गर्दा सकस हुने गर्छ ।

 यसबाहेक मांसपेशी बाउँडिने, बान्ता हुने, गल्ने, अति टाउको दुख्ने र चक्कर लाग्ने तथा भ्रम दृष्टि हुने लक्षण पनि देखिन सुरु हुन्छ । यस्तो समस्याको आपात्कालीन उपचार नगरेमा मस्तिष्कलाई क्षति पुग्न सक्छ र मस्तिष्कघात वा ज्यान नै जान सक्छ ।

० यस्ता लक्षणपछि

 यस्ता लक्षण देखा परेमा वा महसुस भएमा तत्काल शरीरको तापमान कम गर्नतर्फ लाग्नुपर्छ । यसका लागि प्रशस्त मात्रामा पानी पिउने, व्यायाम गर्न रोक्ने, गर्मीबाट जोगिन चिसो ठाउँमा बस्नेजस्ता गतिविधि गर्नुपर्छ ।

 यस्तो लक्षणपछि कोही न कोहीलाई साथमा राख्नुपर्छ । जसले सम्भावित जोखिम कम हुन्छ ।

 लक्षण देखिनासाथ अतिरिक्त कपडालाई शरीरबाट हटाई प्रशस्त तरल पदार्थ सेवन गर्नुपर्छ ।

 यस्तो अवस्थामा शरीरमा हम्किने, तापमान कम गर्न पानीले शरीर भिजाउनेजस्ता गतिविधि गर्दा पनि राम्रो हुन्छ ।

 यस्तो लक्षण देखा परेको २० देखि ३० मिनेटसम्ममा आराम भएमा भने तत्काल चिकित्सकको मद्दत लिनुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप