बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

ज्योतिषका कुराः साउन महिनामा महिलाले किन लगाउँछन् हरिया चुरा र लुगा ?

आइतबार, ०१ साउन २०७४, १३ : ५९
आइतबार, ०१ साउन २०७४

साउन महिनाको सुरुवात सँगै महिलाले हरियो चुरा लगाएको देख्नुभएको होला । साउन महिनाभरी मानिसहरु हरियो लुगा लगाउन रुचाउँछन् । वास्तवमा यसको धार्मिक महत्व छ । यो महिनामा हरियो रंग प्रयोगमा ल्याउँदा यसले भाग्यलाई प्रभावित पार्ने बताइन्छ ।

किन लगाइन्छ हरियो रंग ?

ज्योतिष प्रविण मिश्रका अनुसार हरियो रंग सौभाग्यको रंग हुने गर्दछ । साउन महिनाको आगमनसँगै हरेक स्थानमा हरियाली देख्न सकिन्छ । वास्तवमा यो पूरा महिना प्रकृतिलाई आफूसँग जोड्ने विशेष महिना हो । त्यसकारण शिवलाई जल अर्पित गरेर मानिसहरु आफूलाई प्रकृतिसँग जोड्ने गर्दछन् । यसैगरी यो महिना हरियो रंग लगाएर मानिसहरुले आफूलाई प्रकृतिसँग जोड्ने गर्दछन् जसको असर उनीहरुको भाग्यमा पनि पर्ने गर्दछ ।

करियर र सम्पन्नताः

हरियो रंग बुध ग्रहको प्रतिक हुन्छ । बुध ग्रह करियर र व्यापारसँग जोडिएको हुन्छ जसका कारण हरियो रंग लगाउँदा बुध ग्रह प्रशन्न हुने विश्वास गरिन्छ भने घरमा सम्पन्नता र धन–धान्यमा बढोत्तरी हुने बताइन्छ ।

शिव भगवान हुन्छन् प्रसन्नः

साउन महिनामा हरियो रंग लगाउँदा शिव भगवान विशेष खुसी हुन्छन् । भगवान शिवको प्रकृतिसँग विशेष झुकाव छ र यस्तोमा भक्त आफैंले आफैंलाई प्रकृति अनुरुप भइदिँदा शिव भगवान विशेष प्रकारले खुसी हुन्छन् र मनोकामना पूरा गरिदिन्छन् । साउन महिनामा हरियो रंगको चुरा लगाउने महिलामाथि विष्णु भगवान पनि प्रसन्न हुन्छन् ।

वैवाहिक जीवनमा खुसीयालीः

हरियो रंग प्रकृति, उर्वरता, सौभाग्य र सकारात्मक ऊर्जाको वृद्धिको प्रतिक हो । हरियो, उपचारको रंग पनि हुन्छ र यसले मुटुका साथै उच्च रक्तचापको समस्यामा पनि प्रभावकारी भूमिका खेल्छ भन्ने मान्यता रहेको छ । जसको वैवाहिक सम्बन्धमा खटपट भइरहन्छ, उनीहरुले आफ्नो बेडरुमको दक्षिण पूर्व भागमा हरियो रंगको पेन्ट गरे त्यसले निकै फाइदा पुर्याउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप