शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चीन र इजरायलको गहिरो मित्रताबाट अमेरिका चिन्तित

शनिबार, ०५ साउन २०७५, ०९ : २४
शनिबार, ०५ साउन २०७५

बीबीसी हिन्दी–विश्वको सबैभन्दा ठूलो राष्ट्र चीन विश्वमा सबैभन्दा ठूलो निर्यातक देश हो ।

उता मध्य–पूर्वमा एक फराकिलो द्धीप जस्तोमा रहेको देश इजरायल निर्यातको मामलामा विश्वको ४५औं स्थानमा रहेको छ ।

खासमा इजरायल सधैं अमेरिकाको इमान्दार सहकर्मी रहेको छ ।

यो तथ्यबाट मात्रै अनुमान लगाउनेहरुले अमेरिका र चीनबीच बढेको व्यापारिक तनाबमा इजारालय बलियो रुपमा अमेरिकाको पक्षमा रहेको अड्कल गर्न सक्छन् ।

तर यथाथ भने त्यति सरल छैन । पछिल्लो समय इजरायलमा चिनियाँ लगानी लगातार बढिरहेको छ । त्यस्तै इजरायली कम्पनीहरु चिनियाँ बजारमा प्रवेश गरिरहेका छन् ।

जहाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चिनियाँ निर्यातमा कडा कर लगाइरहेका छन,् त्यही इजरायलको प्रधानमन्त्री बेन्जामिन नेतान्याहू खुसीसाथ आफ्ना देशका उद्योगहरुलाई चिनियाँ लगानी स्वीकार गर्न प्रोत्सान गरिरहेका छन् ।

यो कुरा निम्न तथ्याङ्कहरुबाट पनि थाहा पाइन्छ ।

साउथ चाइना मर्निङ्ग पोष्टको एक रिपोर्ट अनुसार सन् २०१६ मा इजरालयमा प्रत्यक्ष चिनियाँ लगानी बढेर तीन गुणा भएको छ । 

यो अब १६ अर्ब डलर भएको छ ।

जेरुशेलम पोस्टले शीघ्र इजरायलमा विदेशी लगानीको सन्दर्भमा चीनले अमेरिकलाई उछिन्ने बताएको छ ।

लगानीले बढाइरहेको आत्मीयता 

पछिल्लो समय इजरायली अर्थव्यवस्थाले आफूलाई प्रविधिक क्षेत्रमा अग्रणी प्रमाणित गरेको छ ।

समीक्षकहरुको बिचारमा चिनियाँ कम्पनीहरुले यही प्राविधिक सफलतामा हात बढाउन चाहिरहेका छन् । त्यस्तै इजारायली कम्पनीहरु पनि चिनियाँ बजारमा राम्रो पहुँच पाउन चाहन्छन् ।

चिनियाँ र इजरायली कम्पनीहरुलाई नजिक ल्याउन प्रत्येक वर्ष कयैन व्यापारिक सम्मेलन भइरहेका छन् । 

यो वर्षको शूरुमा तेल अभिवमा सिलिकन ड्रयागन इजरायल सम्मेलन भएको थियो । त्यस्तै यही महिना ग्वाङ्गडूङ्गमा चीन–इजरायल इनोवेशन समिट भयो ।

इजरायको सामाथ्र्यसँग जानकार चीन

मेडिकल लेजर्स अपरेशन अल्मा लेजर्स र मेडिकल उपकरण निर्माता समूह ल्यूमेन जस्तो इजरायली कम्पनीहरुलाई चिनियाँ कम्पनीहरुले पछिल्लो समय या त किनेका छन् या त तिनको शेयर किनेका छ ।

समीक्षकहरुले दुई देशको क्षमता एक अर्काको परिपुरक रहेको बताएका छन् ।

दुई देशको व्यापारबाट चिनियाँ कम्पनीहरुलाई मात्र फाइदा भइरहेको छैन ।

इजारयलको डिजिटल विज्ञापन कम्पनी स्पोटाड पछिल्लो वर्ष हङ्गकङ्गको नीजि इक्विटी कम्पनीको सहयोगले चिनियाँ बजारमा प्रवेश गरेको थियो । अहिले आएर यो कम्पनी ठूला चिनियाँ अनलाइन विज्ञापन केन्द्रसँग काम गरिरहेको छ ।

मोबाइल मार्केटिङ्ग फर्म एप्सफ्लायर र डायमण्ड टे«डिङ्ग प्ल्याटफर्म क्यारट्स जस्तो इजारायली कम्पनीहरु चिनियाँ बजारमा प्रवेश गरिरहेका छन् ।

उता चिनियाँहरु भने इजरायलको प्रविधि निर्यात क्षमताबाट मन्त्रमुग्ध छन् । उनीहरु आफ्नो देशमा पनि यस्तो क्षमताको विकास गर्न चाहन्छन् ।

अमेरिकामा चिन्तित

चिनियाँ र इजरायली कम्पनीहरु दुई देशको सम्बन्धबाट सन्तुष्ट देखिन्छन् । तर केही समीक्षकहरु भने चिन्तित छन्, विशेषगरी अमेरिकाका सुरक्षा विज्ञहरु ।

यसबारेमा पेन्सिलभेनियास्थित स्ट्रङ्गहोल्ड साइबर सेक्युरिटीका सस्थापक जेसन मेकन्यू भन्छन् ,“इजरालयको लागि सबैभन्दा बढी खतरा चीनको बौद्धिक सम्पत्तिसम्बन्धि कानुनीप्रतिको वेवास्ताले निम्त्याउन सक्छ । त्यसैले इजरायल चीनमा के समान बनाएर पठाइरहेको छ, त्यसमा एकदमै होसियार हुनुपर्छ ।”

कार्नेगी मेलन विश्वविद्यालयमा अर्थशास्त्र तथा सार्वजनिक नीतिका प्राध्यापक ली ब्रास्टेटर भन्छन् ,“अमेरिकालाई इजरायलको प्रविधि चिनियाँ सेनासम्म पुग्ने हो कि भन्ने चिन्ता छ ।”

यसबारेमा उनी थप भन्छन् ,“पेन्टागन आर्टिफिसियल इन्टिलिजेन्सको क्षमता भएका चिनियाँ कम्पनीहरुले नयाँ पीढीका चिनियाँ हतियार बनाउलान् भनेर निरन्तर चिन्तित छ । 

यी हतियार अमेरिका र उसको मित्र राष्ट्रहरुको लागि खतरानाक हुनेछ । 

पेन्टागन चीनले इजरायललाई पछाडिको ढोका रुपमा प्रयोग गर्न सक्छ कि भनेर पनि चिन्तित छ । 

यो माध्यमबाट चीन त्यी क्षमताहरु हासिल गर्न सक्छ जुन नियामक जाँचको कारण अमेरिकाबाट उसलाई पाउन गा¥हो हुन्छ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप