बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कविताः इतिहासको कलम

शनिबार, ०५ साउन २०७५, ०७ : ५४
शनिबार, ०५ साउन २०७५

-नारायण सापकोटा    

बेलगाम समयलाई समातेर
चारखाल्डोभित्र छिरेका नेताजी
किन एकाएक कविजी भए ?
समयले प्रश्न उठायो
त्यसपछि
इतिहासबाट इतिहास नै हरायो ।

इतिहासमा 
भीमसेन थापाहरू हराए 
ज्ञानेन्द्र र महेन्द्रहरू  पनि हराए
अचानाक्क 
कविजीका अगाडि
ज्ञानेन्द्र र महेन्द्रहरूको धमिलो छाया
किन देखा पर्यो ?
यो प्रश्न लोकतन्त्रले उठायो ।

अनि कविजी डराए
मुटु काम्न थाल्यो कविजीको
बहत्तरको भूकम्प 
भूकम्पपछिको घरहरा भुले
रानीपोखरी  भुले
घण्टाघर  भुले
वसन्तपुर  भुले
सहिद गेट भूले 
जिन्दगीका सबै कुराहरू भूले

त्यसपछि फेरि कविजी
नेताजी  भए
नेताजीले पश्चिम क्षितिजलाई टोलाएर हेरिरहे
वर्तमान पनि सपनासँगै हरायो ।

 निराश नेताजी 
एक बेलुकी दबारमार्गमा 
अलिकति हुस्कीको चुस्की लिन छिरे
नेताजीले जीवनको अन्तिम पटक  कलम समाए
त्यसपटक कलम तरबार बन्यो
इतिहासमा को काटिने हो ?
कविजी वा नेताजी ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप