शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कविता: अहंकार

शनिबार, ०५ साउन २०७५, ०७ : ५१
शनिबार, ०५ साउन २०७५

-रन्जन पौडेल   

लोभ के पाल्छौ छातीभरी
गुनासो के गर्छौ आखिर
खरानीमै मिल्नु छ साथी 
नबन तिमी जिकिर बिनाको शरीर ।

माला उनी अहंकार बनी अन्धो 
हिँड्छौ तिमी त्यो आफ्नै आत्मा उनी
आफूलाई नै छोडी नअल्झ तिमी 
निरस् यो जाल बुनी ।

छोडी सारा बनी मौन 
त्यो प्रकाशको नाम एक जपी, 
बरु बनी अकामी आऊ 
जाउँ सारा आफ्नै मलामी  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप