शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कविता: हो म साँढे भाको छु

शनिबार, ०५ साउन २०७५, ०७ : ४६
शनिबार, ०५ साउन २०७५

-रूपक मैनाली   

हो म साँढे भा’को छु
त्यसैले त सत्तामा आ’को छु
सत्ता मात्रै हैन दुई तिहाईको
बहुमत जो पा’को छु...

काम किन गर्नु पर्यो
काम किन गर्नु पर्यो
शक्तिशाली सरकार जो बनाको छु
सबैतिर लोकप्रिय नै हो
मात्र प्राध्यापक र डक्टरहरूलाई
गनाको छु ...

म हटाउँदै जान्छु तिमी थमाउँदै जाऊ
म हटाउँदै जान्छु तिमी थमाउँदै जाऊ
साह्रै भयो थमाउनेलाई नै
हटाउने सोच बनाको छु
यसकै लागि त दुई तिहाई जो ल्याको छु...

चानचुने हैन
चानचुने हैन फेसबुकको भित्ताभरी
पानी जहाज र रेल ल्या’को छु
त्यसैले त आजकाल म बहुत चर्चित भा’को छु..
नाथे एउटा डक्टर
नाथे एउटा डक्टर मरेर के भो र
हजाराँै डक्टर उत्पादन गर्ने
विधेयक जो ल्याको छु
मर्ने मर्छन् पास त गर्नै पर्यो
यसकै लागि त दुई तिहाईको
जनमत जो पा’को छु...

-हेटौँडा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप