शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

देवानी र फौजदारी संहिताः कार्यान्वयनमा अझै अलमल

शनिबार, ०५ साउन २०७५, ०६ : ५१
शनिबार, ०५ साउन २०७५

काठमाडौं - लामो समय लगाएर तयार भएका देवानी र फौजदारी संहिता आगामी भदौ १ गतेदेखि लागू हुनेमा शंका बढेको छ। आवश्यक नियमावली तथा दिग्दर्शन बनिनसकेका र कार्यान्वयन गर्ने निकायले पनि तयारी पूरा नगरेकाले भदौ १ गतेबाट लागू हुनेमा आशंका बढेको हो। सरकारले देवानी र फौजदारी संहिता भदौ १ गतेदेखि लागू हुने बताउँदै आएको छ। आजको नागरिकको पहिलो पृष्ठमा समाचार छापिएको छ ।

‘सरकार त देवानी र फौजदारी संहिता कार्यान्वयन गर्न तयार छ तर कार्यान्वयन गर्ने निकायहरुबाट तयारी पूरा नभएको अवस्थामा कार्यान्वयनमा जा“दा अप्ठेरो पर्न सक्ने कुरा आएको छ,’ कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले भने। उनका अनुसार, कार्यान्वयन गर्ने निकायहरुले तयारी पूरा नभएकाले केही समय पर्खन सुझाव सरकारलाई दिइरहेका छन्।

‘कार्यान्वयन गर्ने निकायहरूले नै औपचारिक रुपमै केही समय पर्खन सुझाएको अवस्थामा सरकारले विचार गर्नुपर्छ,’ कानुनमन्त्री तामाङले भने। सीधै कुनै निकायले तत्काल देवानी र फौजदारी संहिता कार्यान्वयन गर्न नसक्ने नभने पनि यसमा रहेका विविध कमीकमजोरी खुट्याएर पूर्णता दिनुपर्ने आवश्यकता औंल्याएका छन्।

मन्त्री तामाङका अनुसार दुवै संहितामा केही बा“झिएका प्रावधान रहेकाले सुधार्नुपर्ने, आवश्यक नियमावली एवं दिग्दर्शन बनिनसकेको र सरकार मौलिक हक कार्यान्वयनसम्बन्धी ऐनको मस्यौदामा व्यस्त रहेकाले मुलुकी संहिताहरुको कार्यान्वयन तयारी ढिलाइ भएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप