शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले सीधै केसीसँग वार्ता गर्ने

शनिबार, ०५ साउन २०७५, ०६ : ३८
शनिबार, ०५ साउन २०७५

काठमाडौं - सरकारले अनशनरत डा. गोविन्द केसीसँग सिधै वार्ता गर्ने भएको छ । यसअघि केसीका प्रतिनिधिसँग वार्ता गरेको सरकार अब प्रत्यक्ष रूपमा केसीसँग वार्ता गर्ने निष्कर्षमा पुगेको हो ।

बिचका व्यक्ति वार्तामा बस्दा समस्या समाधानभन्दा समस्या भएको ठहर गर्दै सरकार आफैँ वार्तामा बस्ने निष्कर्षमा पुगेको हो । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले सरकारले सिधै केसीसँग वार्ता गर्न वातावरण बनाइरहेको बताए । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

केसीसँग वार्ता गर्दा सरकारको वर्तमान वार्ता टोली पनि हुनेछैन। केसीले मन्त्रिस्तरीय टोलीसँग मात्रै वार्ता गर्ने अडान राखेकाले सरकार यही तयारीमा लागेको हो ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप