केन्यामा २१ नेपालीको युवतीको उद्धार, नर्तकी खोज्न केन्याली नागरिक काठमाडौंमा
काठमाडौं - मानव तस्करले अफ्रिकी मुलुक केन्या पुर्याएका २१ नेपाली युवतीलाई स्थानीय प्रहरीले बिहीबार राति क्लबबाट उद्धार गरेको छ । उनीहरुलाई वेस्टल्यान्ड क्षेत्रका दुई रात्रिकालीन क्लबबाट उद्वार गरेको हो । आजको कान्तिपुरको पृष्ठ ३ मा यो समाचार छापिएको छ ।
केन्यास्थित मानव वेचबिखन प्रतिरोध तथा बाल रक्षा एकाई र अपराध एकाईको संयुक्त टोलीले मोगोसियो सडकमा छापा मारी नेपाली युवतीलाई मुक्त गरेको थियो ।
‘प्रहरीले नियमित छापा गर्ने क्रममा नेपाली युवतीलाई उद्वार गरेको हो’, केन्यास्थित अवैतानिक नेपाली दूत जिम्मी अस्कारले भने,‘ केन्यास्थित अवैतनिक नेपाली दूत जिम्मी अस्कारले भने ।
अपराध एकाईका अनुसार मुख्य अभियुक्त समेत पक्राउ परेका छन् । ‘२१ नेपाली युवतीलाई मानवतस्करले केन्या ल्याएका हुन् । प्रहरीको ट्वीटर ह्याण्डलमा उल्लेख छ, ‘उनीहरुलाई क्लबमा गैरकानुनी ढंगले काममा लगाइएको थियो ।’
प्रक्राउ गगरिएका तीन अभियुक्तलाई मानव तस्करीबिरुद्ध कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
डान्सबारमा नर्तकी र यौनकर्म गर्ने युवतीको खोजी गर्दै केन्याली नागरिक काठमाडौं आउने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दैलेखमा चट्याङ पर्दा ३ जना विद्यार्थी घाइते
-
सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति
-
रविलाई दिइएको ‘क्लिन चिट’ विवादमा, महान्यायाधिवक्तामाथि मुद्दा चल्ने खतरा !
-
कार्यकर्तालाई इमानदार बन्न एमाले अध्यक्ष ओलीको आग्रह
-
सरकारले सहकारी ठगीमा संलग्नलाई संरक्षण गर्न थाल्यो : नैनसिंह महर
-
कलंकीबाट हराएकी स्नेहा पशुपति मन्दिर परिसरमा फेला