मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

भनेजस्तो काम नमानेपछि झोकमा मेयरले कुटे आफ्नै कर्मचारी

शुक्रबार, ०४ साउन २०७५, २१ : ०३
शुक्रबार, ०४ साउन २०७५

-रामभरोसी यादव

सिरहा । सिरहाको कर्जनहा नगरपालीकाका मेयर गंगा पासवानले आफ्नै कर्मचारीमाथि हातपात गरेका छन् । नगरपालीकाले खरिद गरेको माटो खन्ने जेसिभी गाडीको भ्याट बिल बिना नै भुक्तानीको लागि कागजपत्र तयार पार्न भनेको नमानेका कारण नगरपालीकाका जिन्सी शाखा तथा प्रशासन शाखा प्रमुख बलिराम यादवमाथि  बिहिवार बेलुका कुटपिट गरेको हो । 

हालै काठमाडौंबाट बिक्रेता कम्पनीले पठाइदिएको जेसिभी मेसिनको भुक्तानीको लागि बिल भर्पाई मिलाउन मेयर गंगा पासवानले दवाव दिएपछि आफूले भ्याट बिल बिना यसको काजगपत्र मिलाउन नसकिने बताएपछि आफूमाथि आक्रमण गरेको यादवले बताए । 

‘सामान आईसकेको छ, डिलरले भ्याट बिल पठाइहाल्छ, भ्याट बिल आएपछि निकासाको लागि प्रक्रिया अगाढि बढाउँला भन्दाभन्दै मेयरसाबले निकासाको लागि दवाव दिएपछि विवाद बढ्दै जाँदा आक्रमण गरिहाले,’ यादवले भने, ‘प्रशासकिय पमुख रमेश दास र मेयर पासवानसँगै आएर केही हुँदैन मिलाउनुस् भनेर दवाव दिए, मैले नमानेपछि मेयरले हातपात गर्न थालिहाल्नुभयो, मैले पनि प्रतिरोध गरें ।’ 

यादव आफू न्यायको लागि अहिले जिल्ला प्रशासन कार्यालय सिरहामा आएको समेत जानकारी दिए । उनले भने, ‘जिल्ला प्रमुख सामु आफ्नो मौखिक दुखेसो राखेको छु, अब के गर्नुहुन्छ उहाँकै मर्जि ।’ 

प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पयिडतले कर्मचारीले आफूमाथि कुटपिट गरेको सूचना प्राप्त भएको बताए । उनले आफूले ती कर्मचारीलाई कार्यालयमा भेट्न बोलाएको छु, उहाँ आएपछि नै सबै कुरा थाहा हुने जनाए । आफूले बेस्सरी नै कुटेकी कसो भनी सोध्दा ती कर्मचारीले कामको शिलशिलामा धकेलाधकेल मात्र भएको बताएको समेत जानकारी दिए ।  

यता, जिल्ला समन्वय समितिका अध्यक्ष रामचन्द्र ठाकुर मौखिक जानकारी गराएको भन्दै यस विषयमा राम्रोसँग बुझ्न नपाएको बताए । घटनाबारे बुझेपछिमात्र के गर्ने भन्ने विषमा छलफल गरिने पनि बताए । 

यता यस विषयमा मेयर गंगा पासवानसँग बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । प्रमुख प्रशासकीय अधिकृत मोबाइलको स्वीच अफ गरेर सम्पर्कविहिन भएर बसेका छन् । प्रशासकीय अधिकृत दास पछिल्लो १५ दिनदेखि कार्यालयमा समेत उपस्थित नभएको समेत स्थानीयले जनाएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप