शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली टोपी ढल्काउँदै कुमार सानुले भने, ‘नेपाल सुन्दर छ’

आइतबार, ०१ साउन २०७४, १३ : ४८
आइतबार, ०१ साउन २०७४

काठमाडौं – भारतीय चर्चित गायक कुमार सानुसँगै राजधानीबासी रमाएका छन् । शनिबार साँझ होटल याक एण्ड एतिमा आयोजित कन्सर्टमा गायक सानुले आफ्ना नयाँ तथा पुराना गीतबाट दर्शकलाई नचाउन सफल रहे ।


करिब ७ बजे शुरु भएको उनको कार्यक्रममा अबेर रातीसम्म चलेको थियो । कार्यक्रममा उनले डेढ दर्जन बढि गीतबाट दर्शक श्रोता रिझाए । उनले गीत प्रस्तुत गर्दा हजारौं दर्शकको ताली र स्वरले साथ दिदै कम्बर समेत मर्काए ।


२५ बर्षपछि नेपाल आएका गायक सानुले नेपाल सुन्दर लाग्ने र आइरहन मन लाग्ने कार्यक्रममा अभिब्यक्ति दिए । 


अभिनेत्री निशा अधिकारी र हाँस्य कलाकार जीतु नेपालले संचालन गरेको कार्यक्रममा देविका वन्दना, सुगम पोखरेल, स्मिता घिमिरे, कमलमान सिंह समेतले प्रस्तुति पस्कन भ्याए ।


गायक सानुले नेपाली गीत गाउन बरिष्ठ संगीतकार शम्भुजित बास्कोटाको सहयोग लिएका थिए । सानुले नेपाली गीत गाउँदा बिग्रिएको शब्द उच्चारण बास्कोटाले मिलाइ दिए ।


कार्यक्रम होस्ट बनेका जीतु नेपाल र निशा अधिकारीको प्रस्तुति कार्यक्रमको अर्काे आकर्षण बन्यो । 


कार्यक्रममा गायक सानुलाई आयोजकको तर्फबाट गौतम बुद्ध अंकित  चिनो र नेपाली ढाका टोपी उपहार दिइयो । उनले कार्यक्रममै ढाका टोपी लगाए । 
कार्यक्रम स्वेताश्री फाउन्डेसनको सहयोगार्थ आयोजित थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप