शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फेसबुकमा साथी बनाई बाल यौन दुराचार गर्ने विदेशी पक्राउ

शुक्रबार, ०४ साउन २०७५, २० : ५३
शुक्रबार, ०४ साउन २०७५

काठमाडौँ । महानगरीय अपराध महाशाखाले बाल यौन दुराचारमा संलग्न विदेशीलाई आज पक्राउ गरेको छ । 

महाशाखा टोलीले काठमाडौँ बस्ने युवकलाई फेसबुकमार्फत साथी बनाई आर्थिक प्रलोभन देखाउँदै यौन दुराचार गर्ने स्वीट्जरल्याण्डका ६६ वर्षीय पिटर क्रिश्चियन ल्याङगेनण्डोर्फलाई पक्राउ गरिएको महाशाखाका प्रवक्ता नरेन्द्रप्रसाद उप्रेतीले बताए । 

काठमाडौँको चुच्चेपाटीस्थित टिगर होटल र भक्तपुरका विभिन्न होटलमा बोलाई उनले यौन दुराचार गर्ने गरेको अनुसन्धानमा खुलेको जनाइएको छ । 

अभियुक्त पिटरले चुच्चेपाटीमा टिगर इन र भक्तपुरमा वेलकम हेरिटेज इन होटल साझेदारीमा सञ्चालन गर्दै आएको महाशाखाले जनाएको छ । 

मुलुकी ऐन, जबर्जस्ती करणी महलको दफा ३ मा १६ वर्षभन्दा कमको नाबालकलाई जबर्जस्ती करणी गरेमा छदेखि १० वर्षसम्म कैद सजाय हुने कानूनी व्यवस्था छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप