शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नं ७ : प्रदेशसभा बैठक स्थगित

शुक्रबार, ०४ साउन २०७५, २० : ५०
शुक्रबार, ०४ साउन २०७५

धनगढी । प्रदेश नं ७ प्रदेशसभाको आजको बैठक प्रतिपक्षी नेपाली काँग्रेसका सदस्यको विरोधपछि कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको छ । 

बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी सदस्यले उठेर विरोध जनाएपछि सभामुखले पटक पटक बस्न गरे पनि नमानेपछि यही साउन ७ गते अपराह्न ३ बजे अर्को बैठक बस्ने गरी आजको बैठक स्थगन भयो ।

बैठकमा गाउँसभा तथा नगरसभाको कार्य सञ्चालन गर्न बनेको विधेयक २०७५ माथि दफावार छलफलको कार्य समाप्त भएपछि तयार पारिएको प्रतिवेदन पेश गर्ने कार्यसूची थियो । 

कांग्रेसका प्रदेशसभा सदस्य भरतबहादुर खड्काले सरकारले दुई तिहाइको दम्भ देखाएको आरोप लगाउँदै संविधानको मूल मर्म, भावना र विधिको शासनका आधारमा सरकारलाई हिंँडाउन विरोध गर्नुपरेको प्रतिक्रिया दिए । 

यसैबीच प्रदेश नं ७ प्रदेशसभा कांग्रेस संसदीय दलले आज प्रेस विज्ञप्ति प्रकाशन गरी सरकारद्वारा प्रा डा गोविन्द केसी, नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइराला र ट्रमा सेन्टरका डा भोजराज अधिकारीप्रति गरिएको व्यवहार तथा केही स्थान निषेधित क्षेत्र घोषणा गरेका जस्ता कामको विरोध गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप