शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मिर्गौला झिकी आफ्नो बाबुलाई प्रत्यारोपण गराएका आशिष पक्राउ

शुक्रबार, ०४ साउन २०७५, २० : २९
शुक्रबार, ०४ साउन २०७५

भक्तपुर । झुक्याएर मिर्गौला झिकी आफ्नै बाबुलाई प्रत्यारोपण गराउने मुख्य अभियुक्त मानिएका २४ वर्षीय आशिष बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । 

काभ्रेपलाञ्चोक बनेपा नगरपालिका– २ टुकुचाका २९ वर्षीय कुमार गिरीको मिर्गौला झिकेर कानेपोखरी गाउँपालिका– १ मोरङ स्थायी घर भई हाल भक्तपुर नगरपालिका–१ सल्लाघारीमा डेरा गरी बस्ने ५१ वर्षीय थर्कबहादुर बस्नेतलाई प्रत्यारोपण गराई फरार रहेका उनका छोरा आशिषलाई प्रहरीले तीन महिनापछि बानेश्वरबाट पक्राउ गरेको हो । 

पीडित कुमारलाई ललाइफकाई, प्रलोभनमा पारेर थर्कबहादुरको छोरा हो भनी कीर्ते कागज र छाप प्रयोग गरी मिर्गौला झिकेर थर्कबहादुरलाई प्रत्यारोपण गराएको घटना बाहिर आएपछि प्रहरीले उनलाई पक्राउ गरे पनि छोरा आशिष भने फरार रहेका थिए । 

मानव शरीर अंग प्रत्यारोपण र सरकारी छाप कीर्ते मुद्दा दर्ता भएकाले पक्राउ परेका आशिषलाई आजै भक्तपुर जिल्ला अदालतमा पेश गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता रेवतीरमण पोखरेलले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप