शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जुम्ला घटनाः ‘जसले टाउकोमा लाठी बजारे, उसैलाई रगत दिएर बचाइयो’

शुक्रबार, ०४ साउन २०७५, २० : २४
शुक्रबार, ०४ साउन २०७५

काठमाडौं– जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले शुक्रबारदेखि आकस्मिकबाहेकका सेवा ठप्प पारेको छ । बिहिबार भएको घटनाप्रति आपत्ति जनाउँदै प्रतिष्ठानले आकस्मिक सेवा बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै बिहिबार विना जानकारी अनधिकृत रुपमा बर्दि लगाएका हतियारधारी प्रहरीहरु अस्पतालमा प्रवेश गरी त्यहाँ कार्यरत कर्मचारी, चिकित्सक, नर्स एवम् विद्यार्थीहरुमाथि कुटपिट एवम् अस्पतालमा भएको भौतिक क्षतिप्रति घोर भत्र्सना गर्दै प्रतिष्ठानले घाइते सबै चिकित्सक, नर्स, विद्यार्थी उपचाररत रहेकाले तत्काल काममा फर्किन नसक्ने जनाएको छ । यसबाट सर्वसाधारणमा पर्न गएको असुविधाप्रति प्रतिष्ठानले क्षमा समेत मागेको छ ।

विज्ञिप्तमा हतियारधारी प्रहरीबाट भएको कुटपिट र अस्पतालमा भएको भौतिक क्षतिको निष्पक्ष छानविन गरी ३ दिनभित्र सत्यतथ्य पत्ता लगाई रिपार्ट सार्वजनिक गर्न समेत माग गरिएको छ ।  त्यस्तै प्रतिष्ठानले सो झडपमा घाइते भएका प्रहरी जवानको प्रहरीबाटै घाइते भएका नर्स र चिकित्सकहरुले उपचार गरेको समेत दाबी गरेको छ ।

विज्ञप्तिमा भनिएको छः यसै घटनाको सिलसिलामा सख्त घाइते प्रहरी जवानको उपचार यसै अस्पतालमा कार्यरत घाइते चिकित्सक एव् नर्सहरुबाट भएको जानकारी गराउँछौ । निजलाई १० पैण्ट रगत समेत दिइएको साथै जीवन रक्षा गर्ने आकस्मिक अप्रेशन गरी बाँकी उपचारको निम्ति एक बरिष्ठ चिकित्सकको साथमा हेलिकोप्टबाट काठमाण्डौ पठाइएको पनि जानकारी गराउँछौ ।

विज्ञप्तिमा ती प्रहरी जवानको उपचार भैरहेका बेला प्रहरीकै जिम्मेवार व्यक्तिबाट मृत्युको गलत हल्ला फैलाइएको भन्दै भत्र्सना समेत गरिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप