बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रियता र स्वाधीनताका पक्षमा लड्ने नेता पुष्पलाल : नेता नेपाल

शुक्रबार, ०४ साउन २०७५, १९ : ४८
शुक्रबार, ०४ साउन २०७५

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रियता, स्वाधीनता र हस्तक्षेपका विरुद्धमा आजीवन लड्ने नेताका रुपमा पुष्पलाल रहेको बताएका छन् । 

पुष्पलालको ४० औँ स्मृति दिवस पारेर ललितपुर स्मृति प्रतिष्ठानले आज लगनखेलमा आयोजना गरेको कार्यक्रममा उनले भने, ‘पुष्पलाल प्रजातन्त्रका लागि सधैँ संघर्षशील रहेका थिए ।’ 

नेता नेपालले समाजको जटिलता र विशेषतालाई ख्याल गर्नुपर्ने उल्लेख गर्दै ‘जातीयताले कुनै दिन समस्या ल्याउन सक्छ भनेर उनले नामको पछाडि कहिल्यै श्रेष्ठ लेख्नुभएन भने ।’

नेकपा स्थायी कमिटी सदस्य पम्फा भुसालले पुष्पलालले आजीवन वर्ग संघर्षमा जोड दिएको बताउँदै जातीयताभन्दा विचारलाई उनले विशेष प्राथमिकतामा राखेका थिए भने । 

नेकपाका केन्द्रीय सदस्य हरि दाहालले पुष्पलालका विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए । 

नेकपा स्थायी कमिटी सदस्य रघुजी पन्तले पुष्पलाल सधैँ संयुक्त आन्दोलनका पक्षमा रहेको धारणा व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप