शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

करिश्माले पनि भेटिन् डा. केसी, के–के भयो कुराकानी ?

शुक्रबार, ०४ साउन २०७५, १९ : ४४
शुक्रबार, ०४ साउन २०७५

काठमाडौं– नयाँ शक्ति पार्टीकी नेतृ करिश्मा मानन्धरले २१ दिनदेखि अनसनरत डा. गोविन्द केसीलाई भेटेकी छन् । शुक्रबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर नेतृ मानान्धरले डा. केसीलाई भेटेकी हुन् । 
श्रोतका अनुसार भेटमा नेतृ मानन्धरले डा.केसीले उठाएका मागप्रति ऐक्यबद्धता जनाएकी छन् ।

नयाँ शक्ति पार्टीले पनि डा.केसीको स्वास्थ्य अवस्थाप्रति सरकारलाई गम्भीर हुन आग्रह गर्दै आएको छ ।  बिहिबार मात्र डा.केसीलाई जुम्लाबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमााडौं ल्याइएको थियो । जुम्लाबाट ल्याएलगत्तै डा.केसी हाल त्रिवि शिक्षण अस्पतालमा अनसरत रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप