शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सेञ्चुरी कमर्सियल बैंकले खोल्यो हात्तिगौंडामा नयाँ शाखा

शुक्रबार, ०४ साउन २०७५, १९ : ०६
शुक्रबार, ०४ साउन २०७५

काठमाडौं– सेञ्चुरी कमर्सियल बैंकले ग्राहकहरुमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्यका साथ बुढानिलकण्ठको वडा नं ८ हात्तिगौंडामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । सो शाखाको उद्धघाटन बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठ र बुढानिलकण्ठको मेयर उद्धवप्रसाद खरेलले गरेका हुन् । 

उद्धघाटन समारोहमा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम तथा बैंकका अन्य बरिष्ठ पद्धाधिकारीको पनि उपस्थिति रहेको थियो । 

बैंकले हाल काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८३ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १ सय १३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप