बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली मुलका अमेरिकन नागरिकले बनाए दृष्टिविहिनका लागि मोबाइल

शुक्रबार, ०४ साउन २०७५, १८ : ५६
शुक्रबार, ०४ साउन २०७५

काठमाडौं–नेपाली मुलका अमेरिकन नागरिक रिसर्चर जय साहले दृष्टिविहिन र अशिक्षितहरुको लागि एटिएमटी सुविधा भएको मोबाईल फोन आविष्कार गरेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर साहले दृष्टिविहिन र अशिक्षितहरुको लागि उपयोगीपूर्ण एटिएमटी सुविधा भएको मोबाइल फोनको आविष्कार गरेको जानकारी दिएका हुन् । 

उनले भने, ‘यो नयाँ मोबाईलको सहयोगले नेपाललाई विश्वकै पहिलो क्यासलेस, भष्ट्रचारमुक्त, गरिबीमुक्त देश बनाउन सकिन्छ भनेर मैले विगत १० वर्षदेखि अ‍ेरिकामा बसेर अध्ययन गरेको हुँ, यो प्रविधिको सहयोगमा दाईजो प्रथाको अन्त्य गर्न सकिन्छ, देशमा कोही भोकै बस्नुपर्दैन, अमेरिकन फुडस्ट्याम्पको अवधारणाजस्तै यस मोबाईलमा पनि ल्याउन सकिन्छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप