बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारको कदमविरुद्ध ४ पार्टीका मजदुर संगठनले गरे आन्दोलनको घोषणा

शुक्रबार, ०४ साउन २०७५, १८ : ५०
शुक्रबार, ०४ साउन २०७५

काठमाडौं– सरकारले हालै सार्वजानिक गरेको मजदुरहरुको न्युनतम पारिश्रमिकले आम मजदूरहरुलाई अपमान गरेको भन्दै चारवटा मजदूर संगठनहरुले आन्दोलनको घोषणा गरेका छन् । बढ्दो महंगीलाई ख्याल गरी मजदूर संगठनहरुले मासिक २५ हजार रुपैयाँ पारिश्रमिक तोक्न माग समेत गरेका छन् । 

शुक्रबार संवाद डबलीमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, क्रान्तिकारी माओवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, नेकपा (माओवादी केन्द्र) निकट क्रान्तिकारी ट्रेड युनियन महासंघ, नेपाल र नेकपा (माले) निकट प्रगतिशिल स्वतन्त्र ट्रेड युनियन महासंघ (पिकोण्ट)ले संयुक्त पत्रकार सम्मेलन गरेर नयाँ आन्दोलनको घोषणा गरेका हुन् । 

पत्रकार सम्मेलनमा गोपाल किराती नेतृत्वको नेकपा (माओवादी केन्द्र) निकट क्रान्तिकारी ट्रेड युनियन महासंघ, नेपालका अध्यक्ष राजन तिमल्सिनाले विगतजस्तै यो सरकारले पनि मजदुर मारा नीति ल्याएको भन्दै आकोश पोखे । उनले आफ्ना मागहरु र खबरदारीहरुको बेवास्ता गरे कडाभन्दा कडा आन्दोन गर्ने चेतावनी समेत दिए । ‘नो वर्क नो पे’ तथा ‘हायर एण्ड फायर’ विरोधी संगठनहरुसँग सहकार्य गर्न आफूहरु तयार रहेको जानकारी समेत तिमिल्सिनाले दिए । 

पत्रकार सम्मेलनमा सरकार, रोजगारदाता र कथित ट्रेड यूनियनका प्रतिनिधिसहित सहभागी रहेको भनिएको न्युनतम वेतन निर्धारण समितिले गरेको सो निर्णय र प्रकृयाप्रति  आफूहरुकोे गम्भिर असहमति रहेको मजदूर नेताहरुले बताएका थिए । 

संयुक्त विज्ञप्तिमा सरकारले दलाल पूँजीजतीवर्ग र उनीहरुका काठपुतली टे«ड युनियनको सहमतिमा प्रचलित बजार मुल्य, महंगी, श्रमिकको जीवनस्तर, अन्तर्राष्ट्रिय श्रम मापदण्ड, छिमेकी देशहरुको वेतनको अवस्था, नेपाल सरकारको सरकारी तथा निजामती कर्मचारीको तलवमानलाई समेत ख्याल नगरी उनीहरुकै दवावमा निणर्य गर्नु खेदपूर्ण भएको बताइएको छ । सरकारले रोजगारी वृद्धि गर्नुको साटो उल्टै गरिव तथा निमुखा श्रमिकहरुको रोजगारी खोसेर पुँजीवादी दरिद्रता प्रदर्शन गर्न खोजेको बताइएको छ । 

श्रमिकहरुको मौलिक अधिकारको समेत ख्याल गर्दै सरकार, रोजगारदाता र अन्य सरोकारवाला संघ–सस्थाहरुलाई आफ्ना कमजोरी सच्याई सबै श्रमिक पक्षीय टे«ड युनियनको सर्वपक्षीय सहमतिबाट नयाँ वेतन निर्धारण गर्न विज्ञप्तिमा माग गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप