दक्षिणी सिरियाली द्वन्द्वबाट विस्थापित हुने क्रम झनै बढ्दो
अम्मान । गएको सात वर्षभन्दा लामो समयदेखि हिंसा जारी रहेको सिरियाको दक्षिणी क्षेत्रमा भएको द्वन्द्वका कारण नागरिक विस्थापित हुने क्रम झनै बढेको छ ।
उक्त द्वन्द्वका कारण सो क्षेत्रबाट गएका केही महिनायता मात्र पनि दुई लाख ७० हजार जना विस्थापित भएका छन् ।
उक्त दक्षिणी क्षेत्र बढी मात्रामा हिंसाको चपेटामा परेको बताइएको छ । गएको करिब तीन महिनायता यहाँबाट विस्थापितहरूको सङ्ख्या बढ्दै गएर करीब तीन लाख पुगेको संयुक्त राष्ट्रसंघीय निकायले शुक्रबार जनाएको छ ।
‘दक्षिणी सिरियामा भएको लडाईका कारण विस्थापित हुनेहरूको संख्या झण्डै तीन लाख पुगेको छ र अनुमान गरिएभन्दा त्यो बढी पनि हुनसक्छ,’ अम्मानस्थित राष्ट्रसंघीय निकाय यूएनएचसीआरका प्रवक्ता मोहम्मद हवारीले भने ।
त्यहाँ जारी रहेको क्रुरतापूर्वक हवाई तथा स्थल आक्रमणबाट स्थानीय बासिन्दा निकै त्रसित भएका छन् ।
विद्रोहीहरूको नियन्त्रणमा रहेको दक्षिणी सिरियाको डारा प्रान्तमा सरकारी सुरक्षाकर्मीहरूले आक्रमण गरेपछि द्वन्द्व फेरि बल्झिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ