डाक्टर केसी भेट्न पुगे नेता केसी
शुक्रबार, ०४ साउन २०७५, १८ : २८
काठमाडौं– प्राध्यापक डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्न नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसी त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेका छन् । केसी स्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै २१ दिनदेखि अनसनरत छन् ।
यसैक्रमा नेता केसी शुक्रबार अपरान्ह अस्पताल पुगी डाक्टर केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
भेटका क्रममा नेता केसीले डाक्टर केसीले स्वास्थ्य क्षेत्रको सुधारका सम्बन्धमा राखेका मागका सम्बन्धमा ऐक्यबद्धता जनाएका थिए ।
नेता केसीले डाक्टर केसीको माग नेपाली जनताको साझा माग रहेको भन्दै माग पूरा गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिएको पनि नेविसंघका नेता निरन्जन थापाले जानकारी दिए ।
सो क्रममा डाक्टर केसीले आफ्नो मागप्रति दृढ रहेको भन्दै माग पूरा नभएसम्म अनसन नतोड्ने नेता केसीसँग बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा