बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारतमा तीन वर्षभित्र १ लाख १० हजारभन्दा बढी बलत्कारको घटना दर्ता

शुक्रबार, ०४ साउन २०७५, १७ : १७
शुक्रबार, ०४ साउन २०७५

एजेन्सी– भारतको संघीय मन्त्री किरेन रिजिजुले बुधबार संसदलाई जानकारी दिएअनुसार भारतमा सन् २०१४–१६ बीचमा १,१०,३३३ बलात्कारका घटनाहरु दर्ता भए । रिजिजुले यो कुरा भारतीय उपल्लो संसद राज्यसभालाई  जानकारी गराएका हुन् । 

मन्त्रीका अनुसार सन् २०१६ मा ३४,६५१ बलात्कार मुद्धा दर्ता भएका थिए भने सन् २०१५ मा ३४,६५१ बलात्कारका घटना दर्ता भएका थिए । त्यस्तै सन् २०१४ मा ३६,७३५ बलात्कारका घटनाहरु दर्ता भएका थिए । 

उता महिलामाथि हुने समग्र हिंसाको कुरा गर्दा मन्त्रीले दिएको सुचना अनुसार सन् २०१६ मा महिलाबिरुद्ध ३,३८,९५४ हिंसाका घटना भएको दर्ता भएको थियो भने सन् २०१५ मा ३,२९,२४३ मुद्धा दर्ता भए । लिखित जवाफमा किरेनले सन् २०१४ मा ३,३९,४५७ वटा महिलाविरुद्धको हिंसाका घटना दर्ता भएको बताए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप