शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंमा नक्कली सुन देखाएर ठगी गर्ने तीनजना पक्राउ

शुक्रबार, ०४ साउन २०७५, १५ : २५
शुक्रबार, ०४ साउन २०७५

काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौँले एक किलोग्राम नक्कली सुन देखाई ठगी गर्ने तीनजनालाई पक्राउ गरेको छ । 

परिसरको टोलीले चावहिल, कोटेश्वर र कपन क्षेत्रमा नक्कली एक किलोग्रामको बिस्कुट र एक थान बेरुवा औँठी बेच्न हिँडेको अवस्थामा सिन्धुपाल्चोकका राज लामा, नुवाकोटका म्याङ्सिङ लामा र सोलुखुम्बुका टासीलाक्पा शेर्पालाई बिहीबार चुच्चेपाटीबाट पक्राउ गरेको हो । 

परिसरका प्रमुख विश्वराज पोखरेलले आज पत्रकार सम्मेलन गरी नक्कली सुनको नक्कली बिल बनाएर सक्कली भन्दै बेच्न हिँडेको अवस्थामा नियन्त्रणमा लिइएको जानकारी दिए । 

पक्राउ परेका राज लामाको यसअघि महानगरीय प्रहरी वृत्त बौद्ध र महाराजगञ्जमा ठगी मुद्दा चलेको र टासीलाक्पा शेर्पा कर्तव्य ज्यान मुद्दामा १० वर्ष जेलजीवन बिताएको अनुसन्धानमा खुलेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप