पहिरोले घर पुर्दा दुईको ज्यान गयो
जाजरकोट– अविरल वर्षापछि घरमाथिबाट आएको पहिरोले घर पुर्दा जुनीचाँदे गाउँपालिका–६ गर्खाकोट छिर्कमा घरमा सुतिरहेका दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । प्रहरीका अनुसार ५५ वर्षीया लली बुढा र उनकै नातिनी नौ वर्षीया सिर्जना बुढाको घटनास्थलमै मृत्यु भएको छ ।
घरमुली भक्तबहादुर बुढाको बिहीबार राति ११ बजेतिर सुतिरहेको अवस्थामा घरमाथिबाट एक्कासि पहिरो आउँदा उक्त घटना भएको हो । घरमुली भक्तबहादुर, उनकै नाति १३ वर्षीय पारस बुढा र सात वर्षीया नातिनी खिमा बुढा घाइते भएका छन् । घाइतेमध्ये अन्यको अवस्था सामान्य भए पनि खिमाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक रवीन्द्रबहादुर सिंहले बताए ।
मृतकको शव परीक्षण र घाइतेलाई थप उपचारका लागि सदरमुकाम ल्याउने तयारी भइरहेको छ । इलाका प्रहरी कार्यालय गर्खाकोटबाट आज गएको प्रहरी टोलीले चार घण्टा लगाएर दिउँसो १ः३० बजेमात्र मृतकको उद्धार गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ
-
भारत लोकसभा निर्वाचन : पहिलो चरणमा १०२ सिटमा कहाँ र कति मतदान भयो ?
-
गोदावरीमा एमालेको कुम्भ मेला : विकसित पार्टी निर्माणमा स्पष्ट दिशानिर्देशको अपेक्षा
-
डर्ट टेम्पलले सुरु गर्यो डिटी९७७ एमएक्स च्याम्पियनसिप
-
तीन जना मृत अवस्थामा फेला