शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गुणस्तरीय स्वास्थ्यका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार : स्वास्थ्य मन्त्री यादव

शुक्रबार, ०४ साउन २०७५, १४ : ३७
शुक्रबार, ०४ साउन २०७५

काठमाडौं–उपप्रधान एवम् स्वास्थ्य मन्त्री उपेन्द्र यादवले दूषित पानी, प्रदूषणको प्रभाव र अखाद्य बस्तुको प्रयोगले बिरामीको संख्या दिन प्रतिदिन वृद्धि हुने क्रम बढेको भन्दै चिन्ता जनाएका छन् । 
ललितपुरको ग्वार्को स्थित बि एण्ड बि हस्पिटलको क्याथल्याब शुक्रबार उद्घाटन गर्ने क्रममा स्वास्थ्य मन्त्री यादबले आफ्नो स्वास्थ्यलाई विशेष ध्यान दिन सबैलाई आग्रह गरे । 
 ‘प्रदुषित पानी, प्रदुषण र अखाद्य पदार्थको प्रयोग तथा प्रभावले बिरामीको संख्या बढ्दै गएको छ’, उनले भने, ‘खानपिन र आफ्नो स्वास्थ्यमा ध्यान नदिने हो भने बिकराल अवस्था आउन सक्छ ।’
उपप्रधान एवम् स्वास्थ्य मन्त्री यादवले विदेशमा उपचार गराउन ठूलो हिस्सा रहेको भन्दै त्यसलाई रोक्नु पर्ने बताए । उनले नेपालमै सुविधा सम्पन्न उपचार दिन सके विदेश उपचार गर्न जानेहरुलाई रोक्न सकिने बताए । 
उनले  विपन्न परिवारहरु उपचारबाट बञ्चित रहेको भन्दै चिन्ता समेत जनाए । 
मन्त्री यादवले सरकारी  निजी क्षेत्र मिलेर नेपालको स्वास्थ्य क्षेत्रमा सुधार गर्न आग्रह गरे । सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको पनि उनको भनाई थियो । 
सरकारी र निजी क्षेत्र मिलेर मात्र नेपालको स्वास्थ्य सेवालाई माथि उकास्न सकिने बताउदैँ उनले विपन्न नागरिक गुणस्तरीय सेवा पाउनबाट बञ्चित रहेकाले उनीहरुलाई स्वास्थ्य सेवा पहँुचमा पु¥याउनु दुवै क्षेत्रको दायित्व भएको  उल्लेख गरे । 
राज्यको ठूलो हिस्सा उपचारात्मक क्षेत्रमा खर्च भएकोले अब रोग लाग्नै नदिनेतर्फ काम गर्नुपर्ने उपप्रधानमन्त्री यादवको जोड छ । 
मुटु तथा नसा रोगीको उपचारमा प्रयोग हुने क्याथल्याव सेवा  बिएण्डबि अस्पतालले आजबाट सुरु गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप