शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संसदमा अवरोध हटाउन प्रधानमन्त्री मोदीको आग्रह

शुक्रबार, ०४ साउन २०७५, १४ : २५
शुक्रबार, ०४ साउन २०७५

नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसदको काम कारबाहीलाई अवरुद्ध नगर्न आग्रह गरेका छन् ।  उनले वर्षे अधिवेशन सुचारू गर्न दिन विपक्षी काँग्रेस र अरु दलका सदस्यहरुसँग आग्रह गरेका छन् । शुक्रबार बिहान ट्वीट गरेर उनले संसदीय कामकाज सुनिश्चित गर्न दिन राजनीतिक दलहरुसँग आग्रह गर्नुभएको बताइएको छ । 

यो संसदको वर्षे अधिवेशन भएकोले यसले कानुन निर्माणदेखि अरु धेरै काम गर्नुपर्ने भएको र सरकार कुनै पनि दलले उठाएका जुनसुकै विषयमा पनि छलफल गरी त्यसबाट समाधान निकाल्न तयार भएको भन्दै संसद सुचारु गर्न आग्रह गरेका हुन् । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय संसदमा बिहीबारबाट उत्पन्न अवरोध हटाउन विपक्षी काँग्रेससँग आग्रह गर्नुभएको शुक्रबारका भारतीय सञ्चारमाध्यमहरुले दिएका छन् ।  भारतीय संसदमा प्रधानमन्त्री नरेन्द्र मोदीका विरुद्ध बिहीबार अविश्वासको प्रस्ताव दर्ता गराइएको छ । उक्त प्रस्ताव दर्ता गराएसँगै विपक्षी काग्रेस दलले संसद चल्न नदिने भन्दै अवरोध पनि गरेको छ । 

वर्षे अधिवेशन शुरुआत भएको दिन बिहीबार काँग्रेस नेतृत्वमा विपक्षीहरुले लोकसभामा प्रधानमन्त्रीका विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।  त्यसपछि उनीहरुले प्रधानमन्त्री मोदीविरुद्ध नाराबाजी गरेका थिए । दर्ता गरेको अविश्वासको प्रस्तावमाथि शुक्रवार बहस र मत विभाजन हुने भएको छ । 

यसअघि संसदले यो बजेट अधिवेशन भएकोले सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ताको व्यवस्था नभएको कारण देखाउँदै अविश्वासको प्रस्ताव दर्ताको सूचना पन अस्वीकार गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप