शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

म रमाइलो गर्नुपर्ने केटी हुँ – अभिनेत्री अलिशा

शुक्रबार, ०४ साउन २०७५, १३ : २३
शुक्रबार, ०४ साउन २०७५

काठमाडौँ– सुनौलो भविश्यको सपना देखेर अभिनयमा भित्रिने युवायुवतीको बाक्लिँदो छ, अचेल चलचित्र क्षेत्रमा । यही भीडमा मिसिन आएकी छन् अलिशा शर्मा ।

अलिशा चलचित्र ‘चिँ मुसी चि’ँबाट अभिनेत्रीको रूपमा देखिन लागेकी हुन् ।

११ गते शुक्रबारबाट प्रदर्शनमा आउँने यो चलचित्रमा उनको सुनिल क्षेत्रीसँग रोमान्स देख्न सकिन्छ ।

चलचित्रमा आफ्नो हट एन्ड सेक्सी अवतारसमेत देख्न सकिने उनले बताइन् ।

नृत्य गर्न रुचाउँने उनले नृत्यसम्बन्धी टेलिभिजन कार्यक्रमबाट कला यात्रा थालेकी हुन् ।

भारतीय टेलिभिजन एमटीभीको स्पिलटभिल्लामा समेत सहभागिता जनाएकी अलिशाले करिब आधादर्जन बढी म्युजिक भिडियो अभिनय गरेकी छन् ।

यी नै अभिनेत्री अलिशासँग रातोपाटीको दश प्रश्न ।

डेब्यु चलचित्र ‘चिँ मुसी चिँ’ प्रदर्शनमा आउँदैछ । ब्यस्तता त बढेको होला ?

– एकदमै एक्साइटेट छु । चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा व्यस्तता बढेको छ । भर्खर उपत्यका बाहिरको टुर सकाएर फर्किएँ । अहिले पनि चलचित्रको प्रमोसनमा हिँडिरहेकी छु । 

‘चिँ मुसी चिँ’बाट अभिनयमा स्थापित होइएला त ?

– मेरो पहिलो प्रयास हो । यसै भन्न सक्दिनँ । किनभने दर्शकको टेस्ट फरक फरक छ । उनीहरूले कुन समयमा कुन खालको चलचित्र रुचाउँछन् भन्न सकिन्न । जे होला राम्रो होला । 

सौन्दर्यतिर कतिको रुचि छ ?

– मेकअपमा धेरै इन्ट्रेस्ट राख्ने केटी होइन म । प्रायः समय नर्मल रहन रुचाउँछु । मैले लगाउने मेकअपको साधन भनेको क्रिम, लिबिस्टिक, गाजललगायत हुन् । यी वस्तुले नै मेरो सौन्दर्यमा निखार ल्याउँछ । 

फिटनेस गर्नु हुन्छ  होला ?

– जिम नियमित जान्छु । जुम्बा पनि गर्छु । नियमित डान्स गर्ने गरेको छु । डान्स पनि एक प्रकारको एक्सरसाइज हो । 
 

फेसनतिर त रुचि होला, हैन ?

– रुचि छ । के फेसन चलेको छ, के आउँँदैछ भनेर फलो गर्ने बाँनी भने छैन । आफूलाई लगाउन जे सजिलो हुन्छ । त्यो लगाउने गरेकी छु । मैले बढी प्रयोग गर्ने पहिरन पाइट, टिसर्ट र वान पिस हो । म हट एन्ड सेक्सी वान पिसमा देखिन्छु । 

मनपर्ने स्थान ?
– प्रकृतिक सौन्दर्यले भरिएको शान्त र स्वस्च्छ वातावरणले भरिपूर्ण स्थान मनपर्छ ।

फुर्सदको समय कसरी बित्छ ?
– यो समय सुतेर बस्न रुचाउँछु । सुत्न पाएको समय सबैभन्दा ठूलो आनन्द पाएको जस्तो लाग्छ ।

प्रेम त पक्कै होला ?

– छैन, छैन । पे्रमी नखोजेको हो । अहिलेको समय मैले बढी करियरमा फोकस गरिरहेकी छु । अहिले प्रेममा अल्झिनु हुँदैन भन्ने मेरो धारणा रहेको छ ।  
कस्तो स्वभावकी केटी ?

– जो केहीसँग सजिलै घुलमिल गर्न सक्दिनँ । त्यसैले धेरैले घमन्डी पनि भन्न सक्छन् । कसैसँग घुलमिल गर्न मलाई केही समय लाग्छ । घुलमिल भएपछि भने बोलेर भ्याउदिनँ । म एकदमै फ््रयाङ्क र रमाइलो गर्नुपर्ने केटी हँु ।

रोजेको व्यक्तिसँग डेटको अफर दियो भने ?
– हलिउड गायक जस्टिन बिबरसँग जान चाहन्छु । किनभने म बिबरको एकदमै ठूलो फ्यान हुँ ।  
  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप